राजविराज -सगरमाथा)। जिल्ला सुपरिवेक्षण तथा अनुगमन समितिले राजविराज-७ स्थित माता श्री ग्यासघरमा छापा मारी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।कम तौलको ग्यास बेची ठगी गरेको आरोपमा पसलमा छापा मारिएको प्रहरीले जनाएको छ ।राजविराज-६ निवासी भोगेन्द्र चौधरीको उजुरीका आधारमा पसलमा छापा मारी एउटा सिल खुलेको र तीनवटा सिल लागेको ग्यास सिलिण्डर सिलबन्दी गरी अनुसन्धानका लागि वडा प्रहरी कार्यालय लगिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रघुबर साह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमप्रकाश मेहता, सप्तरी उद्योग वाणिज्य सङ्घ र वडा प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले पसलमा छापा मारेको हो ।ग्यास बिक्रेता सञ्जय दासले मनोज ग्यासका उक्त सिलिण्डरहरु स्थानीय डिलर सोनु ट्रेर्डसबाट ल्याएको बताउनुभएको छ । रासस
समाचार
»
ग्यास पसलमा छापा
ग्यास पसलमा छापा
Tags:
समाचार
0 commentaires