सुकुम्बासी बस्तीमा आगजनी

२१  जेठ ।र्सलाहीको कर्मैया ९ स्थित जिरायतमा सुकुम्बासीले बनाएको ९० घर टहरा शुक्रबार वन परियोजना र प्रहरी प्रशासनले जलाएर नष्ट गरेको छ । वन क्षेत्रको जग्गा अतिक्रमण गरी घर बनाएको र पटक पटक चेतावनी दिँदा समेत बस्ती नहटाएपछि आफूहरुले बाध्य भएर आगो लगाउनु परेको प्रहरीले जनाएको छ । यता सुकुम्बासीको हक हितमा काम गर्दै आएको भूमिअधिकार मन्चले भने वन परियोजनासँग पटकपटक सहमति भएको भए पनि आफूहरुसँग सल्लाह नै नगरी एक्कासी सुकुम्बासी बस्तीमा आगो लगाएको भन्दै निन्दा गरेको छ । विभिन्न समयमा परियोजना, जिल्ला वन, प्रहरी प्रशासन लगायतसग अर्को व्यवस्था नभएसम्म खाली तथा ऐलानी जमीनमा घर टहरा बनाएर बसेका सुकुम्बासीलाई नहटाउने सहमति भएको भए पनि सहमतिलाई उल्लङ्घन गरी वषर्ात्को समयमा घरमा भएका अन्नपात, लत्ताकपडा तथा भाडाकुडा समेत निकाल्न नदिई बस्तीमा छिरी आगो लगायको प्रति घोर निन्दा गरेको छ । घट्नाका दोषीलाई कार्वाही गर्नु पर्ने र पिडीतलाई क्षतिपूर्तिको माग पनि अधिकार मंचले गरेको छ ।अर्को व्यवस्था नभएसम्म सुकुम्बासीलाई नहटाउने सहमति भएको तर नयाँ सुकुम्बासीलाई वन क्षेत्र अतिक्रमण गरी बसोवास गर्न दिने सहमति नभएकोले आफूहरुले त्यस्ता सुकुम्बासीको टहरामा मात्र आगो लगाएर नष्ट गरेको सागरनाथ वन परियोजना प्रमुख तीर्थराज चन्दले बताउनुभयो ।घर टहरासगै बिहान साँझ खाने अन्न तथा लत्ताकपडा जलेर नष्ट भएपछि सुकुम्बासीहरु बिचल्लीमा परेको स्थानीय बलराम बस्नेतले जानकारी दिनुभयो ।

janakpurtoday
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login