सुर्खेत, जेष्ठ ५ - स्थानीय एक गर्भवती महिलाको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको आक्रोशमा गाउँलेले आरोपित मध्येका दुई जना महिलालाई कालोमोसो लगाई बजार परिक्रमा गरी प्रहरीमा बुझाएका थिए । महिला हत्याको आरोप लागेका ५ जनालाई कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगर–१ धारापानीका बासिन्दाले विहीबार जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।
वीरेन्द्रनगर–१ धारापानी निवासी २२ वर्षीया गर्भवती महिला मीना मगरातीलाई हत्या गरेको आरोप लागेका भनिएका ५ जना आफन्तलाई कारबाही गर्नुपर्ने माग राखी उनीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै गाउ“लेले उनीहरुलाई कालोमोसो लगाई कुटपिट गरेका थिए ।
वीरेन्द्रनगर–१ धारापानी निवासी २२ वर्षीया गर्भवती महिला मीना मगरातीलाई हत्या गरेको आरोप लागेका भनिएका ५ जना आफन्तलाई कारबाही गर्नुपर्ने माग राखी उनीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै गाउ“लेले उनीहरुलाई कालोमोसो लगाई कुटपिट गरेका थिए ।
हत्यामा संलग्न भएकालाई कारबाहीको माग राखि गाउँलेले वीरेन्द्रनगर बजारमा विरोध जुलुस प्रदर्शन गर्दै आरोपीत मध्येका मृतकका आफन्त २ जनालाई कालोमोसो दली वीरेन्द्रनगर बजार परिक्रमा गराएका थिए ।
उमा बयलकोटी र कौशीला बयलकोटीलाई प्रदर्शनकारीहरुले हात बाँधी कालोमोसो दलेर घण्टाघर चौकमा मरणासन्न हुने गरी कुटपीट गरेका हुन् । आरोपित महिलाहरुलाई मरणासन्न हुने गरी घण्टाघर चौकमा कुटपीट गरिरहेको अवस्थामा नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी उपरीक्षक राजुमानन्धरको टोलीले भीड नियन्त्रणमा लिई दुई जनालाई वेहोस अवस्थामा उद्धार गरेको थियो । गाउँलेको कुटपिटबाट वेहोस भएका दुई जनालाई प्रहरी कार्यालयमै डाक्टर बोलाई उपचार गरिएको प्रहरी उपरीक्षक मानन्धरले बताए ।
मृकत मीनाका देवर रामबहादुर मगराती झुण्डिएको अवस्थामा रहेको शवलाई प्रहरी पुग्नु अगावै डोरी काट्ने काममा सम्लग्न भएको हुनाले वुधबार नै उनलाई पक्राउ गरी हिरासतमा राखिएको र मृतक मगरातीका श्रीमान् अमृत मगराती फरार रहेको प्रहरी उपरिक्षक मानन्धरले बताएका छन् । झुण्डिएर मरेको खबर आएपछि घटना स्थल पुगेको प्रहरी टोलीले घटनास्थल मुचुल्का गराई पोष्टमार्गमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
झुण्डिएर आत्म हत्या गरेको भनिए पनि शव डोरी काटिएको अवस्थामा फेला पर्नु र मृतकको पति फरार हुनुले हत्या वा आत्महत्या अहिले एकिन भन्न नसकिने बताउँदै प्रहरी उपरिक्षक मानन्धरले भने, ‘घटना बारे थप अनुसन्धान भैरहेको छ ।’
0 commentaires