वीरगन्ज, जेठ ९ - पर्सा प्रहरीले याहाँस्थित एक सरकारी कार्यलयबाट आइतबार राती सेफसहित चोरी भएको १३ लाख रुपैयाँ सोमबार विहान फेला पारेको छ। वीरगन्ज-१६ स्थित यातायात व्यवस्था विभागबाट १३ लाख ४६ हजार ९ सय ३० रुपैयासहित सेफ चोरी भएपछि प्रहरीले खोजतलास प्रहरीले खोजतलासको क्रममा फेला पारेको हो। सोमबार विहान ५ बजे घटना थाहा पाएको प्रहरीले कार्यलयबाट करिब ५ सय किलोमिटर पर रहेकेा नारायणी रङ्गसालको प्याराफिठमुनि लुकाइरहेकेा अवस्थामा उक्त सेफ फेला पारेको प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए। चोरले सेफ फुटाउन नसकेका कारण रकम सुरक्षित रहेको उनले जानकारी दिए। कार्यलयमा राती कर्मचारी नबस्ने गरेकाले चोरले सेफै उठाएर लगेको प्रहरीले जानकारी दियो। सोमबार जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमूख श्रेष्ठले यातायात व्यवस्था विभागका कार्यलय प्रमूख लालवहादुर चौहानलाई रकम हस्तान्रण गरे। चौहानले सुरक्षाका कारण आफ्ना कर्मचारी रातको समयमा कार्यलयमा बस्न नमानेको बताए। कार्यलयमा केही समय अघि अज्ञात समूहले बम राखेका थिए।
via nagriknews
0 commentaires