शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिलाहरुलाई कुटपीट पछि पक्राउ


काठमाडौ, जेष्ठ १० - शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिला सञ्जालका सदस्यहरुलाई मंगलबार विहान दश बजेतिर नयाँ बानेश्वरस्थित संविधानसभा भवनको अगाडिबाट  प्रहरीले कुटपीट पछि पक्राउ गरेको छ ।
शान्तिपूर्ण रुपमा धर्ना दिन लागेको बेला प्रहरी कुटपीट गरी पक्राउ गरेर नयाँ बानेश्वरस्थित प्रहरी कार्यालयमा राखेको धर्नाकारीहरुले जनाएका छन् ।
धर्नाकारीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीबाट २५ जना घाइते भएको धर्नाकारीहरुले जनाकारी दिएका छन् । दिउँसोसम्म महिलाअधिकारमर्मीहरु स्टेला तामाङ, रीता थापा, दुर्गा सोवलगायत करिव ४५ जनालाई प्रहरीले पक्राउ गरी नयाँ बानेश्वर प्रहरी कार्यालयमा राखेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानभन्दा बाहिर पनि लखेटी लखेटी कुटपीट गरेको महिला अधिकारकर्मीले जनाएका छन् ।
'हामी शान्तिपूर्ण धर्नामा थियौं, प्रहरीले एक्कासी आएर लाठी चार्ज गर्यो' वाब्डकी कार्यक्रम संयोजक चन्दा थापाले ईकान्तिपुरसंग भनिन् । महिलाको अधिकारसम्बन्धी कार्यरत विभिन्न संस्थाहरुको सञ्जालले करिव डेढ महिनादेखि संविधानसभा भवन अगाडी धर्ना दिंदै आएको थियो ।
स्थानीय प्रशासनले मंगलबारदेखि संविधानसभा भवनको ५० मिटर वरीपरी क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ 


 via ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login