मुटुलाई गोलभेडा {स्वास्थ्य}

काठमाडौ, जेष्ठ ७  -  गोलभेडा नियमित सेवन गर्नाले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित हुन्छ । दिनहँु गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ ।    युनिभर्सिटी अफ एडिलेटका वैज्ञानिक नेतृत्वको एउटा अन्तर्राष्ट्रिय दलले दाबी गरेअनुसार गोलभेडामा पाइने रातो तत्त्व 'लाइकोपेन' मा एसिअक्सिडेन्टजस्तो गुण हुन्छ, जुन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।   'म्याच्युराइटस्' जर्नलमा प्रकाशित उक्त अध्ययनमा कोलेस्ट्रोल र रक्तचापमा लाइकोपेनको प्रभाव विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो । यसका लागि पछिल्ला ५५ वर्षमा भएका १४ अध्ययनको सामूहिक परिणामको तुलनात्मक आँकलन पनि   गरियो ।   अध्ययन दलका प्रमुख डा. केरिन रिड भन्छन्, 'हाम्रो अध्ययनले थाहा भएअनुसार, दिनहँु २५ मिलिग्रामभन्दा बढी लाइकोपेन खाएर कोलेस्ट्रोललाई १० प्रतिशतसम्म कम गर्न सकिन्छ ।'  गोलभेडामा लाइकोपेनको उच्चस्तर हुन्छ । दिनहँु गोलभेडाको करिब आधा लिटर जुस खाए वा ५० ग्राम पेस्ट सेवन गरिए मुटुको रोगबाट बच्न   सकिन्छ ।  बाख्राको दूध पनि  पोषक तत्त्वले भरिएको बाख्राको दूधसमेत   मुटुको स्वास्थ्यका लागि उत्तम मानिन्छ । स्पेनको ग्रेनाडा विश्वविद्यालयको एक अध्ययनअनुसार बाख्राको दूधमा पाइने बोसो तत्त्वले कोलेस्ट्रोलको स्तर कम गर्छ । नियमित रूपमा बाख्राको दूध खानाले रक्तअल्पता -एनिमिया)ले पीडित रोगीहरूको स्वास्थ्यमा सुधार आउँछ । यो दूधले हेमोग्लोबिन बन्न सघाउँछ ।   प्रा. मार्गरिटा स्यानचेज क्याम्पोसेका अनुसार बाख्राको दूधमा धेरै पोषकतत्त्व हुन्छ । यसमा 'क्यासिन' प्रोटिनसमेत सामेल छ, जसले बाख्राको दूधलाई मानव दूधजस्तै बनाउँछ । बाख्राको दूधमा मानव दूधमा जस्तै ओलिगोग्लिसराइड पनि   हुन्छ । बाख्राको दूधमा गाईको दूधको दाँजोमा ल्याक्टोज -दूधमा पाइने सर्करा) को मात्रा कम हुन्छ । ल्याक्टोज पचाउन नसक्नेहरूले समेत बाख्राको दूध खान सक्छन् ।   बोसोको सही मात्राले ढुकढुकी सामान्य  खानपानमा बोसोको सही मात्रा मुटुको ढुकढुकीलाई सुचारु राख्न आवश्यक छ । खानपानमा बोसो न हुँदा मुटुलाई सर्वोत्कृष्ट रूपमा धड्किने क्षमता कम हुन सक्छ ।   मुख्य रूपमा मुटु रोगीमा यसको आशंका बढी हुन्छ ।   यो अनुसन्धान केस वेस्टर्न रिजर्व   विश्वविद्यालय फिजियोलजी तथा बायो फिजिक्सका प्रा.मागर््रेट चान्डलर र उनका सहयोगीहरूले गरेका हुन् ।   अनुसन्धान परिणामअनुसार खानपानमा बोसोको उच्च मात्राले मुटुको धड्कनको क्षमतामा सुधार हुन्छ । प्रा. चान्डलरका अनुसार यसको अर्थ यो होइन कि हृदयाघात भएपछि पनि तपाईं बर्गरजस्तो वस्तु खान थाल्नुस् । तर यसले मुटुलाई पर्याप्त ऊर्जा तथा सामान्य मेटाबोलिज्मको काम गर्न सहयोग मिल्न सक्छ ।   यो अनुसन्धान अमेरिकन जर्नल अफ फिजियोलजी हार्ट एन्ड सर्कुलेट्री फिजियोलजीमा प्रकाशित भएको छ । यसअनुसार एकल तथा बहु-असन्तृप्त बोसोयुक्त संतुलित भोजन मुटुको रोगीहरूका लागि राम्रो हुन्छ, जो सख्खर र कार्बोहाईड्रेटको रूपमा परिवर्तित गर्न सकिन्छ ।   त्यही एक स्वस्थ मनुष्यमा मुटु ऊर्जाका लागि बोसो र कार्बोहाइड्रेट दुवैको उपयोग गर्छ, जो मुटुको ढुकढुकीको क्षमताका लागि आवश्यक छ ।   आदर्श रूपमा बोसोको उपयोग यस कारण हुन्छ भने यसले बढी ऊर्जा उत्पादन गर्छ । हार्ट फेलको स्थितिमा ऊर्जाका रूपमा ग्लुकोजको उपयोग यसैले प्राथमिकताका आधारमा गरिन्छ, किनभने यसले   ऊर्जा उत्पन्न गर्न अक्सिजनको कम मात्राको आवश्यकता पर्छ । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login