महानायक राजेश हमाल बिरामी

केशव साउद महेन्द्रनगर, ९ जेठ नेपाली सिने जगतका महानायक राजेश हमाल बिरामी परेका छन् । निर्माणधिन चलचित्र 'ब्रेक फेल'को सुटिङ्गका क्रममा महेन्द्रनगरमा रहेका महानायक हमालको पेटमा सामान्य गडबडी देखिएको छ । प्रतिकुल स्वास्थ्यका कारण आइतबार बिहान १० वजे शुक्लाफाँटा एफएमलाई महानायक हमालले दिने भनिएको प्रत्यक्ष अन्तरवार्ता प्रभावित भएको छ । हमाल अन्तरवार्ताका लागि शुक्लाफाँटा एफएममा पुग्न नसकेपछि एफएमका पत्रकारहरुले उनी बसेको होटलमै अन्तरवार्ता लिएका छन् । 

'नायक हमालले हामीलाई अन्तरवार्ताका लागि बिहान १० वजेको समय दिनुभएको थियो।' शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर धिरेन्द्र सिनालले भने, 'स्वास्थ्यमा देखिएको गडबडीका कारण उहाँले एफएममा आउन नसकेपछि हामीले होटलमै अन्तरवार्ता रेकर्ड गराएका हौँ ।'

महेन्द्रनगरस्थित होटल ओपेराको कोठा नम्बर १०१ मा बसिरहेका महानायक हमाललाई झाडापखाला लागेको स्रोतले जनाएको छ । उनी गत बिहीबार दिउँसो महेन्द्रनगर आइपुगेका थिए । महानायक हमालले शुक्रबार विश्वकै दुर्लभ बाह्रसिँगाको ठूलो झुण्ड रहेको शुक्लाफाँटा बन्यजन्तु आरक्षको भ्रमण गरेका थिए । हमाल महेन्द्रनगर आएको यो दोस्रो पटक हो । यसअघि उनी गत वर्षफागुन १८ गते शिवरात्रीको अवसरमा महेन्द्रनगरमा आयोजित साँस्कृतिक महोत्सवमा सहभागि हुन आएका थिए । आफ्नो पहिलो महेन्द्रनगर भ्रमणका बेला महानायक हमालले महाकाली नदिमा रहेको दक्षिण एशियाकै नमुना झोलुङ्गे पुलको अवलोकन गरेका थिए ।


via dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login