रौतहट, जेठ ७ - पश्चिमबाट पूर्वतर्फ जान लागेको नम्बर नखुलेको ट्रकको पछाडि काठमाडौँबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस गएराति रौतहटको चन्द्रनिगाहपुरस्थित राजमार्गमा ठोक्किँदा १० भन्दा बढी यात्रु घाइते भएका छन्। ना४ख ४७०६ नंको बस रोकिराखेको नम्बर नखुलेको ट्रकको पछाडि ठक्कर खाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घाइते हुनेमा काठमाडौँ बस्ने महेन्दै चौहान, हेमराज बास्तोला, झापाका आशिष केसी, भारत कलकत्ताका जयदेव भारती, विकास भारती, दीपक दास, कातिक मण्डल, राजकुमार सरार्फ, सपन मण्डललगायत रहेको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए। घाइतेहरुको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भइरहेको र ट्रक भगाइएको प्रहरीले जनाएको छ। - रासस
समाचार
»
बस ठोक्किँदा दसभन्दा बढी घाइते
बस ठोक्किँदा दसभन्दा बढी घाइते
Tags:
समाचार


0 commentaires