५ जेठ, बीरगञ्ज । नेपाल समाजवादी पार्टीले आहृवान गरेको बन्दका कारण तराइका केही जिल्लाको जनजीवनमा आंशिक प्रभाव परेको छ ।
बन्दका बारा,पर्सा ,रौतहट,सिरहालगायतका जिल्लाको जनजीवन आंशिक रुपमा प्रभावित भएको हो ।
नयाँ संविधान समयमै निर्माण गर्नु पर्ने , नयाँ संविधानमा मधेसी, दलित, महिला, जनजाति, अल्संख्यक समूदायको हकअधिकार सुनिश्चित गर्नु पर्ने लगायतका माग राख्दै समाजवादी पार्टीले बन्द आहृवान गरेको हो ।बीरगन्जमा भने बन्दको प्रभाव बढी नै परेको छ । यातायात , शिक्षणसंस्था, बजार-पसल र कलकारखाना बिहानैदेखि ठप्प छन् । बन्दकर्ताले बिहानैदेखि सडकका चोकचोकमा प्रदर्शन गरेका छन् ।
बीरगन्जको घण्टाघर चोकमा बिहान बन्द आहृवानकर्ताले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
0 commentaires