पवित्रा सुनार, काठमाडौं, जेठ १७- नेपालमा अधिकांश पत्नीले पतिलाई मिर्गौला दान दिने गरेकोमा जनकपुरधाम-९,साकेतनगरका ६१ वर्षीय रामचरित्र यादवले आफ्नी पत्नी मोमिन्द यादवलाई मिर्गौला दिने उदारमना पति बनेका छन्।
शिक्षण अस्पतालको रेकर्डमा २०६५ यता अहिलेसम्म भएका ८३ मिर्गौला प्रत्यारोपणमा आफ्नी श्रीमतीलाई मिर्गोला दिनेमा रामचरित्र तेश्रोमा दरिएका छन्। यसअघि सो अस्पतालमा भएका प्रत्यारोपणमा पत्नीलाई मिर्गौला दिनेमा कृष्णबहादुर श्रेष्ठ ,खेम बहादुर थापा मगर थिए। उता आफ्नो पतिलाई मिर्गोला दिने पत्नीहरूको संख्या भने २४ छ। अस्पतालका अनुसार आमा, बाबु र दिदी बहिनीबाट मिर्गोला दान लिने पुरूषहरूको लामो सूचीमा मिर्गोला प्राप्त गर्नेहरूको संख्या १६ मात्र छ। पतिको मिर्गौला पाएपछि ५६ वर्षीया पत्नी मोमिन्द्र यादवले नयाँ जीवन पाएकी छन्। उनी अहिले स्वास्थ लाभ गर्देछन। मोमिन्द्र शरिमा जेठ ४ मा पतिको मिर्गोला प्रत्यारोपण भएको हो। पत्नी यादव उपचारार्थ छिन् भने पति रामचरित्र उनको हेरचाहमा खटिन थालेका छन्। डेढ वर्षअघि मिर्गोलामा समस्या देखिएपछि रामचरित्रले उनको उपचार गर्न भारतको चण्डीगढसम्म पुर्याएको बताए। उनले भने ‘ चण्डीगढमा नेपालमै उपचार हुनसक्ने थाहा पाएपछि यहीँ उपचार प्रत्यारोपण गराएको हुँ।' परीक्षणबाट मोमिन्द्रकी आफ्नै आमा र बुहारीले समेत दिन मिल्ने देखिए पनि श्रीमती प्रतिको मायाले आफैले मिर्गौला दिएको सरकारी सेवाबाट अवकाश प्राप्त इन्जीनियर यादवले बताए। तीन वर्ष अघि सिचाई विभागबाट पेन्सन पकाएका रामचरित्र भन्छन् ‘बुहारीको मिल्थ्यो,सासुको मिल्थ्यो तर कसैको लिन मन लागेन, मैलै आफैले दिए।' पत्नीलाई मिर्गौला दिन मिलेपछि आफुमा नयाँ उमगं पलाएको यादव बताउँछन्।' शुक्रबार देखि नै हिंड्न थालें ,उनको उपचारको फाइल लिन आफैं आउँछु,रगत जाँच्न आफै'उनले भने।'पती-पत्नी संगैबाँच्ने संगैमर्ने इच्छा छ, उनको पुर्नजन्म भयो'उनले भने। यादवले मधेशी समुदायमा पत्नी गम्भिर विरामी परेपछि उपचारको साटो बेवास्ता गर्ने प्रवृती कतिपयमा रहेको बताउँदै भने ‘महिला माथि भेदभाव गर्नु हुँदैन भन्ने चेतना जागोस् भन्ने चाहान्छु।' मोमिन्दा भने सुरूमा आफूले लोग्नेको मिर्गोला लिन नचाहेको बताइन। उनले भनिन् ‘ उहाँलाई असर गर्छ, ग्राहो पर्छ भनेर मैले सुरूमा लिन मानेको थिइनँ। उहाँ आफैले दिनु भएको हो।' प्रत्यारोपण दिएको दुई साता नबित्दै पति यादव पत्नीको स्यहार सुसारमा आफै खटेका छन्। उनी उपचारर्थ मोमिन्द्रको रगत जाँच,औषधी किन्ने लगायतका काममा आफै खट्ने गर्छन्।' फाइल लिएर आफै आउनुहुन्छ,रगत परिक्षण गर्न आफै,यो देखेर खुशी लाग्छ'मिर्गौला प्रत्यारोपण सामाजिक इकाइकी इन्चार्ज सरला सेरचनले बताइन्। शिक्षण अस्पतालकी मिर्गौला प्रत्यारोपण बिशेषज्ञ दिव्या सिंह शाह पत्नीलाई मिर्गोला दान दिनेहरू निकै कम भएको अनुभव सुनाउँछिन। उनले भनिन ‘ मिर्गौला बिगे्रपनि उपचार गर्न नल्याउने प्रवृत्ति रहेको र आएकालाई पनि प्रत्यारोपणसम्मको उपचार प्रक्रियामा नपुर्याउने समस्या रहेको बताइन्।'उपचारमै ल्याउँदैनन् कसरी मिर्गौला दिने पति धेरै हुन्छन्?'उनले भनिन्। समाजशास्त्री डा. कृष्णबहादुर भट्टचन पितृ सतात्मक समाजमा पतिले पत्नीलाई मिर्गोला दिनुलाई प्रंशसायोग्य काम ठान्दछन्। पुरूषहरूलाई मिर्गोला दान दिनेहरू मध्ये अधिकांश महिलाहरूको नाम आउने गरेको बताउँदै भट्टचन भन्छन् ‘ यस्तो अवस्थाका पछाडि पितृसतात्मक समाजनै प्रमुख कारण हो। रामचरित्रको दानले मधेशी समाजमा अझ बढी सकारात्मक सन्देश जाने भट्टचनको अनुमान छ। उनले भने ‘ मधेशी समाजमा महिलाहरू माथी अझ बढी भेदभाद छ। यस्तो समाजमा रामचरित्रले गरेको काम उदाहरणीय हुनेभयो।'
via nagriknews
0 commentaires