महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम (स्वास्थ्य)


डा. राजेन्द्र भद्रा एउटा कार्यालयमा अधिकृतको रुपमा कार्यरत ३० वषीया रुबी एक आधुनिक युवती हुन् । उनी आफ्नो स्वास्थ्य र सरसफाइमा निकै ध्यान दिन्छिन् । कामकाजी महिला भएकोले नियमित रुपमा हुने  महिनावारीको बेलामा  रक्तश्रावको व्यवस्थापनको लागि उनले टेम्पोनको प्रयोगगर्ने गर्छिन् । गत महिना महिनावारी भएकै बेला उनलाई रात्रिभोजमा सरिक हुनुपर्ने थियो । कार्यालयबाटै उनी त्यता लागिन् । त्यसपछि  पनि केहीबेर कामगर्नुपर्ने भएकोले काममा व्यस्त बनिन् । थाकेको शरीर लिएर ओछयानमा ढल्किनासाथ निदाइन् । लगाएको टेम्पोन फेर्ने होस नै भएन ।भोलिपल्ट अफिस जाने बेलामा अलि बिसन्चोजस्तो भइरहेको थियो । उनले धपेडीले होला भन्ने ठानिन् । दिउँसोतिर टाउको दुख्न थाल्यो, जीउदुख्न थाल्यो र ज्वरो पनि आयो । उनी त्यस दिनका लागि अफिस छोड्ने कुरा सोच्दै थिइन्, त्यसै बेला उनलाई बेस्सरी रिंगटा लाग्यो । त्यसपछिको कुरा राम्ररी थाहा छैन । उनलाई अस्पतालमा मात्रै राम्ररी चेत आयोअरुले भनेअनुसार रुबीलाई रि·टा लागेर केहीबेरमा ढलिन् र बेहोसजस्तै भइछन् अनि सबैलेमिलेर तुरुन्तै एम्बुलेन्समा राखी अस्पताल पुर्‍याएछन् । पछि चिकित्सकसँग कुराकानी गर्दा समयमै अस्पताल ल्याइएकोले गम्भीर असर हुनबाट बच्न सकिएको, ढिलो भएको भए ज्यानमै पनि खतरा पुग्न सक्ने स्थिति रहेको उनले थापाइन् ।
महिनावारी हुनु स्वाभाविक प्रक्रिया हो । अहिलेका कामकाजी तथा व्यस्त महिलालाई महिनावारी भएको भनेर घरैमा केही नगरी बस्नसकिने स्थिति छैैन । महिनावारीको बेलामा मासिक रुपमा पाठेघरबाट योनिको बाटो भई केही दिनसम्म रगत निस्कने हुन्छ । महिलालेयसको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको साथसाथै व्यस्त जीवनको सामना गर्नु पनि उनीहरुको दायित्व बन्छ । कतिपयले यसकुराप्रति त्यति ध्यान दिएका हुँदैनन्, तर यो सजिलो कुरा भने होइन । यसको व्यवस्थापन कुनै पनि महिलाको यौनिकताको सर्न्दर्भमा एकमहत्त्वपूर्ण पक्ष हो । स्वाभाविक रुपमा नै यसको प्रतिक्रियाको रुपमा रगत त्यसै नबगोस् भनेर व्यवस्था गर्न थालेको पाइन्छ ।
यसको लागि पुरानो साडी वा कपडाको प्याड पछि गएर स्यानिटरी प्याडको रुपमा विकसित हुँदै व्यापकता पाउन थालेको छ । यसकासाथसाथै महिनावारीका यी दिनहरूमा महिलालाई सजिलो बनाउन निरन्तर प्रयास भएका छन् र प्राविधिक विकासको साथसाथै नयाँ उत्पादनहरू बजारमा आउने गर्दछन् । यस्तै उत्पादनमध्ये  टेम्पोन पनि एक हो ।
टेम्पोन के हो ?
टेम्पोन -त्अंउयल) फ्रेन्च भाषाबाट आएको शब्द हो । यसको अर्थ प्लग वा स्टपर -क्तयउउभच) हुन्छ । १९औं शताब्दीमा गोली लागेको घाउबाट बगेको रगत रोक्न यसको प्रयोग गरिन्थ्यो । रगतबगिरहेको घाउ वा शरीर -अबखष्तथ) मा राखिने  कपास वा अन्य कुनै सोस्ने बस्तु नै टेम्पोन हो । तर अहिले यो शब्दले प्रायजसो महिनावारीको बेलामा रगत सोस्न योनिमा राख्ने तयारी साधन जनाउँछ ।
यो योनिभित्र नै राखिने हुनाले महिलालाई अन्य न्याप्किन वा कपडाको तुलनामा दैनिक क्रियाकलाप यहाँसम्म कि खेलकुदमा संलग्न हुँदा पनि धेरै सजिलो हुन्छ । योनिबाट निस्कने रगत भित्र नै सोसिनेर हावासँग सर्म्पर्क नहुने भएकाले गन्ध पनि कम हुन्छ । फेरि यो एकपल्टको प्रयोगपछि फालिने हुनाले कामकाजी महिलालाई एक किसिमले सजिलो पनि हुन्छ ।
महिनावारीको बेलामा टेम्पोन प्रयोग गर्ने व्यक्तिलाई कहिलेकाहीँ एक गम्भीर बिरामी हुन सक्ने सम्भावना हुन्छ । यसलाई टक्सिक शक सिन्ड्रोम -त्यहष्अ क्जयअप क्थलमचomभ) भनिन्छ । यस्तोभएमा कहिलेकाहीँ महिलाको मृत्यु पनि हुन सक्छ । त्यसैले यो स्थिति आउन नदिन टेम्पोनका प्रयोगकर्ताले विभन्न किसिमका सावधानी अपनाउनुपर्ने हुन्छ ।
टक्सिक शक सिन्ड्रोम
टक्सिक शक सिन्ड्रोम एक गम्भीर प्रकृतिको बिरामी हो । यस्तो बिरामी हुँदा ज्वरो आउने, बेहोस हुने र शरीरका विभिन्न अंग प्रत्यंगमा समस्या आउने हुन सक्छ । यो केही प्रकारका स्टाफाइलोकोकसअरिअस -क्तबउजथयिअयअअगक बगचभगक) जीवाणुबाट निस्कने विषको कारणले हुने गर्दछ । पहिले यो महिनावारीको बेलामा टेम्पोनको प्रयोग गर्ने महिलाहरूमा मात्र भेटिने विश्वास गरिन्थ्यो तरहालको अध्ययनपछि यसमा फरक मत आएको छ ।
यो समस्या करिब ५५ प्रतिशत जति स्थितिमा मात्रै महिनावारीसँग जोडिएको पाइएको छ । वास्तवमा यो स्थिति बालबालिका, महिनावारी बन्द भइसकेका महिला वा पुरुषलाई पनि हुन सक्छ । अर्कोस्ट्रेप्टोकोकस पायेजेन भनिने जीवाणुले पनि झन्डै यस्तै स्थिति उत्पन्न गराउन सक्छ । यसलाई टक्सिक शकजस्तै सिन्ड्रोम भनिन्छ ।
टेम्पोनको प्रयोग गर्दा किन यस्तो हुन्छ भन्ने प्रश्नको जवाफमा एकमत पाइँदैन । वास्तवमा योनिमा सामान्य अवस्थामा हुने यस्ता जीवाणुबाट हानि हुने गर्दैन । कसरी यस्तो स्थिति आउँछ भन्ने कुरामायकिन नभए पनि टेम्पोनको साथमा अक्सिजन ग्यास योनिभित्र हुने र यसले जीवाणुलाई वृद्धि हुन सतह पनि दिने भएकोले जीवाणुको संख्यामा वृद्धि हुन्छ । पछि यसबाट निस्किएको विष रगतमामिसिन्छ र त्यसका प्रभावहरू देखिन्छन् । टक्सिक शक सिन्ड्रोमका लक्षणहरु उच्च ज्वरो -कामज्वरो), थकान, वाकवाकी, बान्ता, पखाला, छालामा राता दाग -चबकज), आँखा-मुख-घाँटी रातो हुने, भ्रान्ती-अयलागकष्यल) हुने, बेहोस हुने टाउको दुख्ने अनि रक्तचाप कम हुने प्रमुख हुन् । यसको प्रभाव अझै बढ्न थालेपछि मिर्गौला वा कलेजोमा पनि असर पार्छ र त्यसका लक्षणहरू पनि देखिन्छन् ।
यसको उपचार गर्दा योनिमा वा कुनै घाउमा रक्तश्राव नहोस् भन्नका लागि टेम्पोन प्रयोग गरिएको भए त्यसलाई निकाल्नु आवश्यक हुन्छ । नसाबाट पानी चढाउनुपर्ने मात्रै होइन, रक्तचापलाई नियमितगर्नुपर्ने हुन्छ । त्यसैगरी संक्रमण कम गर्न प्रतिजैविकी औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । यो अलि विरलै मात्र हुने भए पनि गम्भीर प्रकृतिको हुने गर्छ र यसकै कारण करिब ५० प्रतिशत जति व्यक्तिकोमृत्यु हुने गर्छ । यस्तो समस्या भएर उपचार गरेका व्यक्ति बाँचेमा त्यस्ता व्यक्तिमा यो समस्या दोहोरिन सक्ने सम्भावना हुन्छ । यो एक आपतकालीन अवस्था हो । सक्दो चाँडो उपचार गराउनुपर्छ ।
जोखिम कम गर्ने तरिका:-
टेम्पोनको प्रयोग गर्दा केही कुरामा ध्यान  दिएमा यसको जोखिमलाई न्यून गर्न सकिन्छ । चाहिनेभन्दा ठूलो अर्थात् बढी रगत सोस्ने क्षमता भएको टेम्पोनको प्रयोग गर्नु हुँदैन । कम सोस्ने क्षमता भएको टेम्पोनको प्रयोग गरेर पनि महिनावारीको रगत व्यवस्थापन गर्न सकिन्छ । टेम्पोन प्रयोग गर्दा ४ देखि ६ घण्टामा यसलाई फेर्नुपर्छ । कहिल्यै पनि ८ घण्टाभन्दा बढी समय निरन्तर रुपमा यसको प्रयोगगर्न हुँदैन । यस्तै टेम्पोनको प्रयोग गरेर राति सुत्नु हुदैन । राति स्यानिटरी प्याडको प्रयोग गर्नु उचित हुन्छ । सधैँ यसको प्रयोग नगरी प्याडसँग आलोपालो गर्दा राम्रो हुन्छ । टेम्पोनलाई  छुनुअघि र पछि राम्ररी हातधुनुपर्छ र यसलाई प्रयोग गर्दा सक्दो कम छुनुपर्छ । सम्भव भएमा  प्रा·ारिक सुतीले बनेको टेम्पोन प्रयोग गर्नुपर्छ । टेम्पोनको पोका -प्याकेट)मा भएको निर्देशनलाई राम्ररी पढ्ने र पालन गर्नेगर्नुपर्छ । साथै महिनावारीभन्दा फरक किसिमको अर्थात् अस्वाभाविक योनिश्राव भएको स्थितिमा यसलाई प्रयोग गर्नुहुदैन । यसको प्रयोग गर्दा योनिमा पनि कुनै चोट नलागोस् भन्ने कुरामा ध्यानदिनुपर्छ । टेम्पोनको प्रयोग गर्दा हुन सक्ने खतराबारे  परिवार तथा काम गर्ने स्थानका वा नजिकमा रहने व्यक्तिलाई भनिराख्नु बेस हुन्छ,  ताकि लक्षण देखिनासाथ तुरुन्तै अस्पताल लान अलमलनहोस् ।


@kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login