श्रीमती गर्भवती भएपछि तपाइर्ं कत्तिको श्रीमतीसँगै बस्ने गर्नुभएको छ ? कामको व्यस्तताले गर्भवती श्रीमतीलाई समय दिन त सक्नु भएको छैन ? त्यसो हो भने अबदेखि गर्भवती श्रीमतीलाई बढी समय दिने गर्नुहोस् । श्रीमती गर्भवती रहेको अवस्थामा बढीभन्दा बढी समय श्रीमतीसँग बिताउनेको बच्चा स्वस्थ्य जन्मने एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको युनिभसिर्टी अफ अकल्यान्डले गरेको एक अध्ययनमा गर्भवती महिलाले आफ्नो श्रीमान्सँग बढीभन्दा बढी समय बिताएको खण्डमा अन्य बच्चाको तुलनामा बढी स्वस्थ जन्मिने तथ्य पत्ता लगाएको छ । पहिलोपटक आमा बन्दै गरेका दुई हजार पाँच सय सात महिलामा गरिएको सो अध्ययनले यो कुराको पुष्टि गरेको हो ।
अध्ययनले गर्भवती श्रीमतीसँग लामो समयसम्म संगत गर्नेहरूका सन्तान आमाको पेटभित्र स्वाभाविक विकास भएको पाइएको थियो । गर्भावस्थाका महिलालाई हुने उच्च रक्तचाप समस्या कम देखिएको थियो भने बच्चाको सामान्य विकासमा पर्ने कुनै पनि समस्या त्यहाँ देखिएन । तर, पिताको संगत नपाएका बच्चाको स्वाभाविक विकास क्रम देखिएन ।
यसका साथै गर्भवती अवस्थामा श्रीमा्नसँगै नबस्ने महिलालाई विभिन्न किसिमका तनाब हुने र ती तनाबले सन्तानलाई असर पारेको पनि अध्ययनले देखाएको थियो । रिप्रोडक्टिभ इम्युनोलजीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले पुरुषलाई स्वस्थ बच्चाका लागि बढीभन्दा बढी समय श्रीमतीसँगै बस्न सुझाब दिएको छ ।
by शिव पौडेल



0 commentaires