धरान पाँचथरको याङनामकी १० वर्षीया बालिका स्थानीय युवकद्वारा बलात्कृत भएकी छन् । स्थानीय १९ वर्षीय प्रकाश एक्तेन (लिम्बू) ले बालिकालाई शुक्रबार अपराह्न घरमै जबर्जस्ती करणी गरेका हुन् । प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी स्थानीय सिद्धदेवी निमाविमा चार कक्षामा पढ्ने बालिकालाई बलात्कार गरिएको थियो । बलात्कारका कारण मूच्र्छित बालिकाको योनीबाट रगत बग्न नरोकिएपछि उनलाई शुक्रबार राति नै यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । आमासहित परिवारका अन्य सदस्य आलु खनेर सा“झ घर फर्किंदा बालिका रगतपच्छे भएको पाएपछि स्थानीय पारालिगल कमिटीका महिलाहरुको सक्रियतामा शंका लागेर एक्तेनलाई नियन्त्रणमा लिइएको थियो । पारालिगल अध्यक्ष मधु जवेगूले एक्तेनले बालिकालाई आफूसहित चारजनाले बलात्कार गरेको स्वीकार गरेको जनाइन् । उनीहरुले अभियुक्तलाई प्रहरी चौकीमा बुझाएर निवेदन दिन लाग्दा गाउ“मै मिलाउन दवाब दिँदै स्थानीय युवाले घेराउ गरेको जवेगूले बताइन् । प्रहरीले अभियुक्त एक्तेनलाई जिल्ला प्रहरीमा लगेर अनुसन्धान थालेको छ । इन्स्पेक्टर गीतनारायण चौधरीले जबर्जस्ती करणीअन्तर्गत अभियुक्तविरुद्ध मुद्दा चलाइने बताए ।
source:-blast



0 commentaires