शृंखलाबद्ध चोरी गर्ने सैनिक पक्राउ


 केदार ओझा काठमाडौ, वैशाख ४ - सिंहदरबारभित्रै र आसपासमा शृंखलाबद्ध चोरी गर्ने नेपाली सेनाका एक नायकलाई पक्राउ परेका छन् । सिंहदरबार परिसरभित्रको सुरक्षा हेर्ने नारायण दल गणमा कार्यरत बागलुङ, मालारानी-१ का रोमबहादुर मल्ललाई प्रहरीले केही दिनअघि पक्राउ गरेको हो ।
मल्लले हालसम्म १५ भन्दा बढी स्थानमा चोरी गरेको स्वीकारेका छन् । 'म एक दिनमा तीनदेखि पाँच ठाउँमा ताला फोरेर चोर्ने गथेर्ं,' प्रहरीसँगको बयानमा मल्लले भने, 'एक स्थानमा चोरी गर्न बढीमा १५ मिनेट लाग्थ्यो ।'
पक्राउ परेको चार दिनपछि बल्लतल्ल उनले प्रहरीलाई कोठा देखाए । त्यहाँबाट प्रहरीले चोरीका ८२ प्रकारका धनमाल बरामद गरेको छ । २० लाख रुपैयाँभन्दा बढी पर्ने ती सामानहरूमा दसौ तोलाका सुनका बाला, छड्के तिलहरी, सिक्री, ब्रासलेट, चुरा, औंठी, टपदेखि एलसीडी मनिटर, टिभी, कम्प्युटर र खुत्रुकेमा राखेको खुद्रा पैसासम्म छन् । चाँदीका गहना दुई किलोभन्दा बढी र महँगा ११ वटा महँगा मोबाइल सेट बरामद गरेको छ ।
दिउँसो १२ देखि २ बजेसम्म घर फोरेर चोरी गर्ने र सामान सबै बिजुली बजारस्थित डेरामा थन्क्याएर सुटुक्क सिंहदरबार भित्रको ब्यारेक जाने गरेको उनले बताएका छन् । चोरी गरेका सामान बेचेरै मल्लले एभरेस्ट बैंकमा तीनवटा खाता खोली पाँच लाख रुपैयाँ 'फिक्स डिपोजिट' मा राखेकोसमेत पाइएको प्रहरीले जानकारी दियो ।
सिंहदरबारभित्रका सुरक्षाकर्मी बिनाअनुमति सिंहदरबार परिसर बाहिर निस्कनै पाउँदैनन् । मल्लले दैनिक खाना खानेबित्तिकै आफू सिंहदरबारबाट बाहिर निस्कने निजी गाडीमा परिचयपत्र देखाएर 'लिफ्ट' माग्दै बाहिर निस्कने गरेको बयान दिएका छन् ।
बानेश्वर प्रहरी वृत्तबाट नियमित जाँचका लागि साइकलमा खटिएका तीन प्रहरीले उनलाई शंकास्पद अवस्थामा भेटेर पक्राउ गरेपछि यो तथ्य खुलेको हो । खैरो झोला बोकेर हिँडिरहेका मल्ललाई रोकेर जाँच गर्न खोज्दा उनी झोला छाडेर भागेका थिए । प्रहरीले तत्कालै झोला हेर्दा त्यसमा घर फोर्न प्रयोग गरिने 'बोल्ट कटर' फेला पारेको थियो । त्यसपछि प्रहरीले उनलाई दौडेर
पछ्याई पक्राउ गरेको थियो । मल्लले तीनै प्रहरीलाई हप्काउँदै पन्छाउन खोजेका थिए । तर स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले हतकडी लगाई उनलाई कार्यालय ल्याएको थियो ।
बानेश्वर वृत्तमा ल्याइसकेपछि उनले आफू सेनामा कार्यरत रहेको बताउँदै उम्कने अन्तिम प्रयास गरेका थिए । प्रहरीले सैनिक भएको पत्ता लागेपछि छाड्न खोजेको थियो । त्यसैबीच एक अधिकृतले मल्लको शरीर खानतलासी गर्दा उनको साथमा ७२ हजार नगद र 'ब्ल्याकबेरी' भेटियो । त्यसपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । बरामद ब्ल्याकबेरीमा सुरेश पौडेल नाम गरेका व्यक्तिको इन्टरनेट ठेगाना भेटिएको थियो । ती व्यक्ति को हुन् भन्ने सोध्दा मल्लले स्पष्ट जवाफ नदिएपछि अनुसन्धान गरिरहेका अधिकृतले सम्भिmए केही दिनअघि एक इन्जिनियरले घर फोरेर ब्ल्याकबेरी हराएको निवेदन दिएको सम्भिmए । तत्कालै रेकर्ड हेर्दा एनसेलमा कार्यरत सुरेश पौडेल नै उजुरी दिएको एकिन भएपछि प्रहरीले उनलाई फोन गर्‍यो । त्यसपछि उक्त ब्ल्याकबेरी चोरीको भएको खुलेको थियो । त्यसपछि मल्लले एकपछि अर्को स्थानमा चोरी गरेको स्वीकारे ।
दिनको १२ देखि २ बजेसम्म दुईवटा चोरी हुने सिंहदरबार आसपासमा मल्ल पक्राउ परेपछि कुनै घटना नभएको दाबी प्रहरीले गरेको छ ।
मल्ल वर्षौंदेखि चोरीमा लागेको तथ्य प्रहरीले पत्ता लगाएको छ । घर सनाखत गराउनुका अतिरिक्त प्रहरी अहिले मल्लको कोठामा भेटिएको एल्बममा रहेकी युवतीको खोजीमा लागेको छ । विभिन्न हाउभाउमा तस्बिर खिचेर सिंगो एल्बम बनाएका उनले ती युवतीबारे अझै केही खुलाएका छैनन् । मल्ल अहिले नेपाली सेनाको हिरासतमा छन् । प्रहरीले दैनिक पत्र काटेर ल्याउने र सेनालाई बुझाउने गर्दै आएको छ । सेनाले पनि मल्लबारे अनुसन्धान थालेको बताएको छ ।




source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login