महेश्वर चामलिङ राई, उदयपुर, वैशाख ३- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उदयपुरका आधादर्जन युवा सातादिनदेखि अलपत्र परेका छन्। त्रियुगा नगरपालिका-६, खैजनपुरका १९ वर्षीय प्रदिप थापा र त्रिनपा-३, दुर्गाटोलका २१ वर्षीय मुहम्मद लुम्मान हुसेन मलेसियामा राहदानीमा भिसा नलगाइदिएका कारण अलपत्र परेको आफन्तले जनाएका छन्। ६ महिनाअघि नै मलेसिया पुगेका उनीहरुलाई दुई महिना पनि नपुग्दै कम्पनीले पारिश्रमिक घटाउँदै लगेको थियो। तर, राहदानीमा भिसा लगाउनुको साटो एकसाताअघि उनीहरुलाई कामबाट निकालिदिएपछि अलपत्र परेको परिवारजनले जनाएका छन्। 'कामबाट निकालिएपछि उनीहरुलाई खान बस्नसमेत समस्या परेको छ' थापालाई उद्धृत गर्दै दाजु ध्रुवले भने। खान बस्नसमेत नपाएपछि उनीहरु बिरामी परेको पनि ध्रुवले बताए। जेनिथ प्रोग्रेसिप मेनपावर प्रालि काठमाडौंको गाईघाटस्थित शाखा कार्यालयमार्फत् मलेसिया पुगेका उनीहरुको कागजात कम्पनीले कब्जामा लिएको जनाइएको छ। मलेसियाको जेज्याक सुपरमार्केटमा काम गर्न पुगेका उनीहरुले आफ्नो कागजात बेपत्ता पारिदिएको जनाए। 'फर्कनका लागि कागजात नै छैन, बसुँ भने कामबाट निकालिसके' उद्धृत गर्दै आफन्तले भने- त्यसैले दुवैजना अलपत्र परेका छौं।' सो म्यानपावरले पठाएका अन्य ६ युवा पनि मलेसियामा अलपत्र परेको टेलिफोनमार्फत् जानकारी गराएको उनीहरुले बताए। फोन गरेर आफूहरुलाई चाँडो फिर्ता ल्याउन पहल गरिदिन उनीहरुले माग गरिरहेको पीडितका आफन्त थापाले बताए। म्यानपावरले जनाएअनुसार पहिले जाँदा राहदानीमा एक महिनाको मात्र भिसा लागेको हुन्छ। त्यहाँ पुगेपछि काम पुनः लगउनुपर्ने भिसा ६ महिनासम्म नलागेको आफन्तले बताए। समयमा भिसा नलागे रोजगारीका लागि त्यहाँ पुग्ने प्रत्येक विदेशी कामदार असुरक्षित हुने गरेको उनीहरुको भनाई छ। 'उनीहरु पनि भिसा नलागेकाले असुरक्षित छौं भनिरहेका छन्' थापाले भने। विनाकागजात मलेसियामा बस्न गैरकानूनी र जोखिम रहेकाले फर्किन चाहे पनि नसकेको उनीहरुले बताएका छन्। कागजपत्र नहुनेलाई कुनै पनि बेला त्यहाँको प्रहरीले पक्राउ गरेर जेल चलान गर्नसक्ने कानुन भएको एकसाताअघि मात्र मलेसियाबाट फर्केका त्रिनपा ३ दुर्गाटोलका मोहम्मद नेयामोदिन अलिले बताए। म्यानपावर कम्पनीको गाईघाटस्थित शाखा कार्यालयमा कुरा राख्दा वास्ता नगरेको उनीहरुको गुनासो छ। 'तीन महिनादेखि धाउँदा पनि कुनै चासो दिएनन्' हुसेनका बुबा मोहम्मद ताजिमले भने- उसले हाम्रो कुरा नसुनेपछि अरु कोसँग भन्न जाने? थापा र हुसेनको परिवारले मेनपावर कम्पनीसँग छिटोभन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन्। साथै मलेसिया जाँदा लागेको खर्च पनि फिर्ता दिन माग गरेका छन्। यसबारे बुझ्न शाखा प्रमुख शारद कार्कीसँग सम्पर्क गर्दा हुन सकेन। शाखाका कर्मचारी सरोज निरौलाले अलपत्र उनीहरु परेको पुष्टि गर्दै तर, पहिले राम्रै काम गरिरहेको बताए। काम गर्दै गरेका उनीहरु के कारण त्यस्तो भयो भन्नेबारे आफूलाई सबै थाहा नभएको बताउँदै निरौलाले पीडित परिवारको मागबमोजिम कम्पनीले गर्ने प्रयास गरिरहेको उनले बताए। 'तर, विदेशको कुरा भएकाले भन्नेवित्तिकै काम गर्न नसकिएको बताए' निरौलाले भने '१५/२० दिनभित्रमा उनीहरुको काम गरिदिन्छौं।'महेश्वर चामलिङ राई, उदयपुर, वैशाख ३- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उदयपुरका आधादर्जन युवा सातादिनदेखि अलपत्र परेका छन्। त्रियुगा नगरपालिका-६, खैजनपुरका १९ वर्षीय प्रदिप थापा र त्रिनपा-३, दुर्गाटोलका २१ वर्षीय मुहम्मद लुम्मान हुसेन मलेसियामा राहदानीमा भिसा नलगाइदिएका कारण अलपत्र परेको आफन्तले जनाएका छन्। ६ महिनाअघि नै मलेसिया पुगेका उनीहरुलाई दुई महिना पनि नपुग्दै कम्पनीले पारिश्रमिक घटाउँदै लगेको थियो। तर, राहदानीमा भिसा लगाउनुको साटो एकसाताअघि उनीहरुलाई कामबाट निकालिदिएपछि अलपत्र परेको परिवारजनले जनाएका छन्। 'कामबाट निकालिएपछि उनीहरुलाई खान बस्नसमेत समस्या परेको छ' थापालाई उद्धृत गर्दै दाजु ध्रुवले भने। खान बस्नसमेत नपाएपछि उनीहरु बिरामी परेको पनि ध्रुवले बताए। जेनिथ प्रोग्रेसिप मेनपावर प्रालि काठमाडौंको गाईघाटस्थित शाखा कार्यालयमार्फत् मलेसिया पुगेका उनीहरुको कागजात कम्पनीले कब्जामा लिएको जनाइएको छ। मलेसियाको जेज्याक सुपरमार्केटमा काम गर्न पुगेका उनीहरुले आफ्नो कागजात बेपत्ता पारिदिएको जनाए। 'फर्कनका लागि कागजात नै छैन, बसुँ भने कामबाट निकालिसके' उद्धृत गर्दै आफन्तले भने- त्यसैले दुवैजना अलपत्र परेका छौं।' सो म्यानपावरले पठाएका अन्य ६ युवा पनि मलेसियामा अलपत्र परेको टेलिफोनमार्फत् जानकारी गराएको उनीहरुले बताए। फोन गरेर आफूहरुलाई चाँडो फिर्ता ल्याउन पहल गरिदिन उनीहरुले माग गरिरहेको पीडितका आफन्त थापाले बताए। म्यानपावरले जनाएअनुसार पहिले जाँदा राहदानीमा एक महिनाको मात्र भिसा लागेको हुन्छ। त्यहाँ पुगेपछि काम पुनः लगउनुपर्ने भिसा ६ महिनासम्म नलागेको आफन्तले बताए। समयमा भिसा नलागे रोजगारीका लागि त्यहाँ पुग्ने प्रत्येक विदेशी कामदार असुरक्षित हुने गरेको उनीहरुको भनाई छ। 'उनीहरु पनि भिसा नलागेकाले असुरक्षित छौं भनिरहेका छन्' थापाले भने। विनाकागजात मलेसियामा बस्न गैरकानूनी र जोखिम रहेकाले फर्किन चाहे पनि नसकेको उनीहरुले बताएका छन्। कागजपत्र नहुनेलाई कुनै पनि बेला त्यहाँको प्रहरीले पक्राउ गरेर जेल चलान गर्नसक्ने कानुन भएको एकसाताअघि मात्र मलेसियाबाट फर्केका त्रिनपा ३ दुर्गाटोलका मोहम्मद नेयामोदिन अलिले बताए। म्यानपावर कम्पनीको गाईघाटस्थित शाखा कार्यालयमा कुरा राख्दा वास्ता नगरेको उनीहरुको गुनासो छ। 'तीन महिनादेखि धाउँदा पनि कुनै चासो दिएनन्' हुसेनका बुबा मोहम्मद ताजिमले भने- उसले हाम्रो कुरा नसुनेपछि अरु कोसँग भन्न जाने? थापा र हुसेनको परिवारले मेनपावर कम्पनीसँग छिटोभन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका छन्। साथै मलेसिया जाँदा लागेको खर्च पनि फिर्ता दिन माग गरेका छन्। यसबारे बुझ्न शाखा प्रमुख शारद कार्कीसँग सम्पर्क गर्दा हुन सकेन। शाखाका कर्मचारी सरोज निरौलाले अलपत्र उनीहरु परेको पुष्टि गर्दै तर, पहिले राम्रै काम गरिरहेको बताए। काम गर्दै गरेका उनीहरु के कारण त्यस्तो भयो भन्नेबारे आफूलाई सबै थाहा नभएको बताउँदै निरौलाले पीडित परिवारको मागबमोजिम कम्पनीले गर्ने प्रयास गरिरहेको उनले बताए। 'तर, विदेशको कुरा भएकाले भन्नेवित्तिकै काम गर्न नसकिएको बताए' निरौलाले भने '१५/२० दिनभित्रमा उनीहरुको काम गरिदिन्छौं।'
source:-nagriknews


0 commentaires