थ्रिलर फिल्म 'एक दिन एक रात' हेरेपछि(कला)

स्मृति ढुंगाना, काठमाडौं, पुस २२- थ्रिलर फिल्म 'एक दिन एक रात' हेरेपछि मातातीर्थकी १६ वर्षीया सोनिया श्रेष्ठले फिल्म हरर भएकोले तर्सिएर रोएको बताइन्। भनिन्, 'यस्तो डरलाग्दो छ भनेको भए त हेर्नै आउन्न थिएँ।'
गोल्फुटारकी ३७ वर्षीया गायत्री सिंहलाई समेत फिल्मले अŒयायो। 'मेरी भान्जी डराएपछि उनलाई बाहिर बस्न आग्रह गरे। पछि त म आफैलाई डर लाग्यो। डरले गर्दा आँसु नै आयो,' गायत्रीले सुनाइन्।

यसअघि तुलसी घिमिरेको 'दर्पणछाँया' हेरेकी गायत्री अभिनेता अनुप बरालकी शुभचिन्तक हुन्। २०५२ सालमा नेपाल टेलिभिजनबाट प्रसारण भएको 'जेठो छोरो'मा अनुप बरालको अभिनय हेरेकी गायत्रीले भनिन्, 'जेठो छोरोमा चञ्चले युवकको भूमिका हेरेकी थिएँ, त्यस्तै पो छ कि भनेर हेर्न आएको हुँ।' उनले 'जेठो छोरो' र 'एक दिन एक रात'मा अनुपको अभिनय फरक पाइन्।
प्राय नेपाली फिल्म हेर्न सुलभ सिटौलाले फिल्मको दोस्रो शृंखला बन्नुपर्नेमा जोड दिए। उनले भने, 'थ्रिलर फिल्म भने पनि कथावस्तु अप्ठ्यारो किसिमको रहेछ। बरू यसको दोस्रो भाग बनाएर सरल कथावस्तु प्रस्तुत गर्नुपर्छ।' उनलाई फिल्ममा कलाकारका अभिनय राम्रो लाग्यो।

सेतो पुलका मणिराम खनाललाई फिल्मले कुनै रस दिन सकेनन्। 'दर्शक तर्साएरमात्रै थ्रिलर फिल्म बन्छ भन्न मिल्दैन, अपूरो कथावस्तुको आधारमा फिल्मले दर्शक तसाउने काम मात्र गरेको छ,' उनले भने। आगामी दिनमा फिल्म पक्षले यस विषयमा ध्यान दिनुपर्ने विचार उनले राखे।

कक्षा ९ मा अध्ययनरत संगीत उदास पनि फिल्म हेर्दाहेर्दै तर्सिइन्। तर कसले तर्साएको हो भन्ने कुरा अन्तिमसम्म थाहा नपाउँदा उनलाई खल्लो लाग्यो।

बज्र कलेजमा अध्ययरत सुनिल रायमाझी र उनका साथीहरू कलेज बङ्क गरेर फिल्म हेर्न आइपुगेका रहेछन्। म्युजिक भिडियोमा अभिनेत्री दिया मास्केलाई देखेका सुनिल, उनको अभिनय हेर्न आएका रहेछन्। 'कागबेनी'मा गृहिणीको भूमिकामा देखिएकी दियाले 'एक दिन एक रात'मा गरेको अभिनयबारे उनले भने, 'दियाको दुवै फिल्म हेरेको छु। दुवैमा उनको भूमिका अलमल गराउने खालको पाएँ।' उनलाई विनय श्रेष्ठको अभिनय पनि राम्रो लाग्यो।

गोपीकृष्ण हलमै कार्यरत नीलकण्ठ फिल्म हेरेर दुविधामा परे। 'भूतको फिल्म जस्तो पनि देखिन्छ। तर, भूत देखिँदैन। धेरै सस्पेन्स भएकोले कथावस्तु अधुरो लाग्यो,' उनले समीक्षा गरे।

कपन निवासी सत्यम् पराजुलीले फिल्मले दर्शकलाई बेवकुफ बनाउने काम गरेको धारणा राखे। 'साउन्ड इफेक्ट र अचकल्टो कथा प्रयोग गरेर फिल्मले दर्शकलाई ठगेको छ। थ्रिलर भन्दैमा आफ्नो मनोमानी गरिएको छ' उनले बिना हिच्किचाहट भने।

पहिलो पटक नेपाली फिल्म हेर्न आएकी रीता तामाङलाई मान्छे तान्ने दृश्यले सिरिंग बनाएछ। हिन्दी फिल्म 'काल'मा प्रस्तुत गरिएको इफेक्ट उनले यसमा पाइन्। उनीसँग हजुरआमा मैयाँ तामाङ पनि थिइन्। मैयाँले भनिन्, 'गाँउघरमा भूत र आत्मा हिँड्छन् भन्ने कुरामा फिल्मले जोड दिएको छ। वास्तविकतामा पनि भूत को हो भन्ने थाहा हुन्न। फिल्ममा पनि त्यस्तै रहेछ।'

फिल्म हेरेर निस्किएका दर्शकसँग बुधबार कलाकार अनुप बराल र दिया मास्के प्रतिक्रिया लिनमा व्यस्त रहे। 'दर्शकले राम्रो र नराम्रो दुवै किसिमका प्रतिक्रिया दिएका छन्। 
अधिंकाशले फिल्मको कथावस्तुबारे जिज्ञासा राखे,' अभिनेता अनुप बरालले भने। अभिनेत्री

दिया मास्के चाहिँ दर्शकलाई फिल्म दोहोर्‍याउने सल्लाह दिँदै थिइन्, 'फिल्मको विषयवस्तु बुझ्न फिल्म फेरि हेर्न आउनु है।'

दर्शक तर्सिनुमा निर्देशक देवकुमार श्रेष्ठले आफ्नै शैलीमा प्रतिक्रिया दिन्छन्। 'कथाभन्दा पनि प्राविधिक पक्षले दर्शक तर्सिएका छन्,' उनको अनुमान छ। काठमाडौंबाहिरका दर्शकको प्रतिक्रिया लिन शनिबार विभिन्न हल पुग्ने उनले जानकारी गराए।
राजमार्गमा घटेको दुर्घटनामा आधारिक सत्य कथावस्तु भनिएको 'एक दिन एक रात'मा अनुप बराल, विनय श्रेष्ठ, कर्म शाक्य, पूजा लामा, दिया मास्के, मेनुका प्रधान, प्रवेश गिरी, जस्पर न्यौपाने र गौरी मल्लले अभिनय गरेका छन्।
काठमाडौंमा मध्यम कारोबार गरेको फिल्म बुधबारदेखि पूर्वाञ्चलका हलहरूमा रिलिज भएको निर्माता निर्माता निर्मलरत्न शाक्यले अवगत गराए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login