
३ माघ, काठमाडौं । साझा प्रकाशनको आयोजनामा सोमबारदेखि बृहत पुस्तक प्रदर्शनी सुरु हुँदैछ । काठमाडौंको राष्ट्रिय सभागृहतसहित साझा प्रकाशनका देशभरका २६ वटा शाखा र बिक्री कक्षमा एकैसाथ पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।
‘पर्यटन प्रवर्द्धनका लागि शिक्षा’ भन्ने नाराका साथ सुरु हुन लागेको पुस्तक प्रदर्शनी १० दिनसम्म चल्नेछ । प्रदर्शनीमा राखिने पुस्तकहरुमा १० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साझा प्रकाशनले पढ्ने बानीको बिकास गर्न, पुस्तकमा पाठकको पहुँच पुर्याउन तथा पाठक र लेखकको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले २०२९ सालदेखि बृहत पुस्तक प्रदर्शनी गर्दै आएको छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires