लभस्टोरी भर्सेज एक्सन(कला)

काठमाडौ, पुस २० - प्रेमकथामा आधारित 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' फिल्मका गीति एल्बम सोमबार सार्वजनिक गरिएको छ । माघ ३० देखि प्रदर्शनमा आउन लागेको फिल्मका गीतहरूको सीडी नाबालकको हातबाट गराइएको हो । दुई वर्ष आठ महिनाकी समृद्धि लामिछाने र चार वर्षका प्रथम श्रेष्ठले संयुक्त रूपमा लोकार्पण गर्दा सञ्चारकर्मीबाट घेरिएपछि समृद्धि अत्तालिएर रोएकी थिइन् । उनी आमा सरिता लामिछानेको काखमा बसेपछि मात्र फुलिएकी थिइन् भने फिल्मकै निर्माता प्रज्ञा जोशीका छोरा प्रथम भने लोकार्पण सकेपछि मञ्चमै ढुक्कै बसेका थिए ।


विपीन किरणको शब्द र महेश खड्काको संगीतमा अञ्जु पन्तले गाएको चर्चित गजलबाटै फिल्मको शीर्षक जुराइएकोबारे फिल्मका निर्देशकले भने, 'फिल्मको स्त्रिmप्ट तयार भइसकेपछि शीर्षकको खोजी भइरहँदा उक्त गजलले नै फिल्मको मर्म बोक्ने ठान्यौं र शीर्षक मात्रै प्रयोग गरेनौं, गजललाई नै समावेश गर्‍यौं ।'



त्यसबाहेक फिल्ममा चार गीत समावेश गरिएको छ । जसमा एक नवराज लम्सालबाहेक अरू सबैमा संगीतकार महेश खड्काकै शब्द छन् । 'अचेलभरि मनमा...,' 'सागर सुक्ला आकाश झुक्ला...,' 'कि त्यो घाम डुबेपछि...' र 'पहिलो प्रेम...' गीतहरूमा मीना नेपाली, बाबु बोगटी, प्रविशा अधिकारी र स्वरूपराज आचार्यले गाएका छन् । अन्तिम गीतमा सत्य-स्वरूपले संगीत दिएका हुन् । अडियो सीडीको बजार व्यवस्थापन सम्झना अडियो एन्ड भिडियोले गरेको हो । 



प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको फिल्म 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' बच्चैदेखिका तीन साथीहरूको कथामा आधारित प्रेमकथामा आधारित विशुद्ध मनोरञ्जनात्मक फिल्म भएको निर्देशक घिमिरेले बताए । जसमा विराज भट्टले प्रतिष्ठित व्यवसायी, बाबुले डाक्टर र झरनाले डान्सरको पेसा अँगालेका हुन्छन् । शीर्षकअनुरूप नै वियोगान्त बनेको फिल्ममा विराज र बाबु दुवैले झरनालाई प्रेम गरेको भए पनि उनी भने त्यसलाई साथीत्वको रूपमा मात्रै लिइरहेकी हुन्छिन् । एक्सन हिरोका रूपमा बढी देखिने विराजलाई निर्देशकले यसमा लभरब्यायको रूपमा देखाउन खोजेको बताएका छन् ।



सोभितको ँचिनो’ पनि सँगसँगै



उता निर्देशक सोभित बस्नेतको फिल्म 'चिनो' पनि पुस ३० गते नै देशव्यापी प्रदर्शनमा आउने भएको छ । मंगलबार अडियो तथा भिडियो सार्वजनिक गर्न लागिएको उक्त फिल्म पूर्णतः एक्सनप्रधान बताइएको छ ।



विराज भट्ट, रमित ढुंगाना, धीरेन शाक्य, राजेन्द्र खड्गी, रेजिना उप्रेती, जयकिशन स्नेतलगायतको मुख्य भूूमिका रहेको फिल्मका लागि नायिका उप्रेतीले केही स्टन्ट र एक्सनका दृश्यसमेत दिएकी निर्देशकले बताए । 'फिल्मकै लागि भनेर एक महिना हर्स राइडिङ कोर्ससमेत गरेकी थिइन्,' निर्देशक बस्नेतले फिल्ममा रेजिनाको भिडन्त तेस्रोलिंगी परिचय बोक्ने काजोल म्याडमका रूपमा देखिने खुंखार भिलेनसँग हुनेछ ।



शम्भुजित बाँस्कोटाको संगीत तथा शिव विकको कोरियोग्राफी रहेको फिल्ममा अधिकांश दृश्य भने भिडन्तका रहेको बताइएको छ । निर्देशक बस्नेत आफ्नो फिल्ममा नायिका रेजिना र भिलेन राजेन्द्र खड्गीले हावामा फाइट खेलेको, फाइटरहरू सबै सोमालियाली रहेकाले पनि फिल्म हेर्ने दर्शकले रोमाञ्चक महसुस गर्ने दाबी गर्छन् ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login