स्वास्थ्य शिविर लिएर हिमानी दोलखामा


रमेश खतिवडा, दोलखा, माघ ८- समाजसेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाह दुई दिने स्वास्थ्य शिविर लिएर पुःन दोलखा आएकी छन्। दोलखाको नाम्दु गाउँलाई कार्यक्षेत्र बनाएर काम सुरु गरेको उनको गैरसरकारी संस्था हिमानी ट्रष्टमार्फत् नर्भिक अस्पताल सगँको सहकार्यमा दुई दिने निशुल्क स्वास्थ्य शिविर लिएर हिमानी दोलखा आएकी हु्न्। उनका साथमा नर्भिक अस्पतालका डाक्टर भरत रावतसहितको बिशेषज्ञ टोलीसमेत शुक्रबार चरिकोट आइपुगेको छ। 

  ट्रष्टले शनिबार र आइतबार स्वास्थ्य चौकी नाम्दुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। यसअघि ट्रष्टले शुक्रबार बेलुका जिल्लाका कार्यालय प्रमुखसगँ अन्तक्रिया गरेको थियो। कार्यक्रममा जिल्लास्थित राजनितिक दलका प्रमुखलाई निम्ता गरिएको भए पनि कुनै राजनीतिक दलका प्रमुख एवं प्रतिनिध गएनन्। अन्तरक्रियामा जिल्लाका सिडिओ गणेश भट्टराई, डिएसपी धिरजप्रताप सिंहलगायत आधा दर्जन सरकारी कार्यालयका प्रमुख पुगेका थिए। 

यसअघि अन्तरक्रियामा सिडिओ भट्टराई, डाक्टर रावल ट्रष्टकी अध्यक्ष हिमानी लगायतले बोलेका थिए। हिमानीले दोलखाबासीको माया पाएर तेस्रो पटक आफू संस्थामार्फत् स्वास्थ्य शिविर लिएर आएको बताइन्। 
हिमानीका साथमा पूर्वराजपरिवारका सदस्य एवम ट्रष्टका पदाधिकारीहरु प्रेरणा, सिताष्मा लगायतसमेत आएका छन्। 

गैरसरकारी संस्था दर्ता गरेर चार महिनाअघिदेखि समाजसेवामा लागेकी हिमानीले दोलखाका नाम्दु गाउँलाई नमुना गाउँ बनाउने अभियान लिएर पहिलो चरणको कार्यएक्रम सञ्चालन गरिरहेको छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login