न्यू इयर इभमा कहाँ थियौ तिमी... (कला)

काठमाडौ, पुस १८  - 
'तिमी आयौ महफिलमा
तिमीलाई सलाम...' । सन् २०१० को अन्तिम दिनको पातो पल्टिन तीन घन्टा बाँकी रहँदा गायक शिव परियारले श्रोताहरूलाई सलाम ठोके सुरुमै । 

अंग्रेजी नयाँ वर्षलाई गीत/संगीतले स्वागत गर्न राजधानीको टेकुस्थित काठमाडौं दरबार रेस्ट्रो एन्ड बारमा निम्त्याइएका गायकले पानी परेको चिसो शुक्रबारे रातमा श्रोेताहरूलाई तताइरहेका थिए ।   

'क्या दामी लास्टमा है' भन्दै तीन घन्टाभन्दा बढी समयमा उनले फर्माइसका हिन्दी गीतसमेत गाए । आउन लागेको एल्बम 'गजल' बाटै 'पागल बनायौ पि्रय, यो दिल हरेर पागल...' गाएर भावुक बनाउने क्रमलाई थाँती राख्दै उनले रोमान्टिक हिन्दी नम्बर सुनाए । उनलाई गायनमा सुरज थापा र आरती अधिकारीले पनि सघाए । उनीहरूले पालैपालो र संयुक्त रूपमा 'चाइना कम्पनी...' जस्ता चलेका गीतबाट सहभागीहरूलाई झुमाए ।


शिवले फर्माइसमा अन्य दुइटा हिन्दी गीतसहित आपmनै 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ...,' 'फेवातालमा साइँली...,' 'लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो...' प्रस्तुत गरिसक्दा डान्स फ्लोर भरिइसकेको थियो ।



गायिका आरतीले अहिले चल्तीमा रहेका डान्स नम्बर 'मुन्नी बदनाम हुई...' र 'शिलाकी जवानी...' गाएपछि त न्यू इयर इभ पार्टीमा उपस्थित युवतीले पनि नाचेरै जवानी पस्के, तर बदनाम नभईकन । घडीको सुइले १२ बजिसकेको संकेत गर्दै अंग्रेजी नयाँ वर्ष सुरु भएको जनाउ दिएपछि भने शिवले आफ्नो भाका पूरा गरे र सुनाए, 'क्या दामी भो... ।' 



गायक/गायिकालाई हार्मोनी ब्यान्डले ब्याकअप दिएको थियो । कंगो र ढोलकमा केशव खड्का, किबोर्डमा रूपमसिंह गुरुङ थिए भने लिड र बेस गितारमा क्रमशः विकास सुनुवार र राजेश घिमिरे । बाँसुरीमा उमेश पण्डित र ड्रम प्याडमा रूपेशसिंह गुरुङ थिए । 



सहर न्यू इयर इभमा झुमिरहेकै बेला लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भिन्न माहौल थियो । देशीविदेशी पारखीलाई मनोरञ्जन दिलाउन र्‍याडिसनले थाइल्यान्डबाट डिजे र डान्सरहरू निम्त्याएको थियो । फेसन टीभी बैंककका डिजे रेमी र जेपेरिया क्लबकी डिजे बेबीबम्बले हिप हप, आर एन्ड बी, डान्स इलेक्ट्रोजस्ता अन्तर्राष्ट्रिय म्युजिकमा थाई म्युजिकको स्वाद मिसाएर डान्स पार्टी लभरहरूलाई नचाए । नाच्नेमा नेपाली र विदेशी सराबरी थिए । र्‍याडिसनको वाटरफल गार्डेनस्थित हलमा आयोजित 'क्लब इलेभेन' प्रस्तुतिमा बैंककबाटै आएका डान्सरहरू अगस्ट, आर्म, पोनी र भेनेसाको प्रस्तुति उत्तिकै लोभलाग्दो थियो ।



साँझ ढलेसँगै सिमसिम पानी परिरहँदा प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा 'रिभाइभ बिट्स' नामक ओपन डान्स पार्टी तात्तिएकै थियो । गायक निर्णय श्रेष्ठ, प्रमोद खरेल, विनोद खम्बु, र्‍याप कनेक्ट, नाएसन्स, विकास श्रेेष्ठलगायतको प्रस्तुतिमा सहभागी नाचे । डिजे सुर र एनभीएनले जोसिलो बनाए । अभिनेता अनुप बराल, रमित ढुंगाना, रेश मरहट्ठासँगै ह्यान्डसम नेपाल र मिस टिनका विजेता-उपविजेता पनि कार्यक्रमका आकर्षण थिए ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login