काठमाडौं, असोज १८ (रासस)- यस वर्ष दसैंको टीकाको साइत असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २२ गते शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, २६ गते मंगलबार पचली भैरवयात्रा र २८ गते बिहीबार फूलपाती एवं बिहान ११:३० बजे तुलजा भवानी यात्राको साइत परेको छ।यसैगरी, असोज २९ गते शुक्रबार महाअष्टमी एवं कालरात्रि, ३० गते शनिबार महानवमी, ३१ गते आइतबार र खड्गयात्रासहित ११:०५ बजे भवानीको यात्राको साइत छ।
समितिले कात्तिक १ गते सोमबार अन्नपूर्ण यात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको गृह मन्त्रालयले पत्रमार्फत जानकारी गराएको छ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires