न्युयोर्क, असोज ११ (एजेन्सी)- सामाजिक सञ्जालको साइट फेसबुकको लोकप्रियता बढिरहेको भए पनि गुगलले आफ्नो प्रमुख प्रतिस्पर्धी फेसबुकलाई हैन, माइक्रोसफ्टको बिङ्गलाई मानेको छ।
गुगलका सीइओ एरिक स्मिटले हालैको एउटा अन्तर्वार्तामा भनेका छन्- फेसबुक अहिलेलाई गुगलको कुनै चासोको विषय हैन। उनले माइक्रोसफ्टको सर्च इन्जिन बिङ्गलाई आफूहरुले प्रतिस्पर्धीको रुपमा लिएको र अहिले त्यसमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताए।पीबीएस नेटवर्कसितको अन्तर्वार्तामा उनले माइक्रोसफ्टसँग गुगलको भन्दा बढी पैसा र इन्जिनियर अनि प्रतिष्ठा पनि भएको स्वीकारेका छन्।
अहिले गुगल सर्च इन्जिले बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ। तर माइक्रोसफ्टले आफूलाई बिस्तारै प्रगतितर्फ डोर्याउँदैछ। गत वर्ष माइक्रोसफ्टले आफ्नो बजारलाई सुधार्दै ११ प्रतिशतमा पुर्याएको छ।
फेसबुक नि? स्मिट भन्छन्- हाम्रो अध्ययनले फेसबुक प्रयोगकर्ताहरुले अझै बढी गुगल चलाउने देखाएको छ। प्रयोगकर्ताले दुवै वेबसाइट चलाइरहेको देखिएको छ।
Source :-nagariknews


0 commentaires