फेसबुकमा पनि 'तटस्थता' को सुविधा

                  
काठमाडौँ, असोज ५ (नागरिक)- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा कसैले तपाईँलाई साथी बन्न निम्तो दिँदा त्यसलाई स्वीकार गर्ने कि नगर्ने दोधारमा हुनुहुन्छ? त्यसो हो भने तपाईँको समस्या अब समाधान हुँदैछ। फेसबुकले अब तटस्थता अर्थात् 'अहिले हैन पछि सोचौँला' को विकल्प पनि दिने भएको छ।
यसअघि कसैले साथी बन्ने निम्तो दिँदा तपाईँसित दुई वटा विकल्प मात्र हुन्थे- कि स्वीकार गर्ने, कि अस्वीकार गर्ने। अस्वीकार गर्ने विकल्प रोज्नुभएको हो भने तपाईँले त्यो मान्छेसँग जीवन भरका लागि फेसबुक सम्पर्क बन्द हुनपुग्थ्यो।
कसैकसैलाई अहिले स्वीकार गर्न मन नलागे त्यस्ता अनुरोधहरुलाई जवाफ नदिई यत्तिकै राख्‍न त सकिन्थ्यो, तर त्यसो गर्दा तपाईँको 'साथी आमन्त्रण' ट्याबमा त्यस्ता आमन्त्रणहरु सँधैका लागि स्टोर भएर बस्थे।
तपाईँको अन्यौललाई सजिलो बनाउन अब फेसबुकले यो नयाँ सुविधा दिन लागेको हो। फेसबुकले चाँडै नै थप्न लागेको यो व्यवस्था अन्तर्गत अब तपाईँले कसैको आमन्त्रणलाई स्वीकार गर्ने, अस्वीकार गर्नेबाहेक 'नट नाउ' अर्थात् 'अहिले हैन' मा क्लिक गर्न मिल्छ।
'अहिले हैन' मा क्लिक गर्नुभयो भने त्यस्ता साथी बन्न आमन्त्रण पठाउनेहरुको सूचि अलग्गै 'लुकाइएको आमन्त्रण' (हिडन रिक्वेस्टस) मा गएर बस्नेछ। यसरी 'तटस्थ' बसेपछि तपाईँ अब आफ्नो निर्णय गर्न मजाले समय पाउनु हुन्छ। त्यस्तो आमन्त्रण पठाउने साथीले भने 'तपाईँको निर्णय पर्खेर बसेको' सूचना मात्र पाउने छन्।
यदि तपाईँले अन्तिममा त्यो व्यक्तिलाई साथी नबनाउने नै निर्णय गर्नुभयो भने तपाईँले लुकाइएको आमन्त्रणमा गएर आमन्त्रण अस्वीकार गरी निषेध (ब्लक) समेत गर्न सक्नुहुन्छ।
आक्रामक रुपमा साथीको निमन्त्रणा पठाउने प्रवृत्तिलाई नियन्त्रण गर्न फेसबुकले यो व्यवस्था गर्न लागेको जनाएको छ। तपाईँले सुरुमा हाइड (लुकाउनु भएको) र पछि डिलिट गर्नुभएको छ भने 'म यो मान्छेलाई चिन्दिनँ' पनि भन्न पाइन्छ। त्यसमा क्लिक गर्नुभयो भने त्यो मान्छेले तपाईँलाई भविष्यमा सम्पर्क गर्न सक्दैन।  Source :nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login