जेसिजको हाजिरीजवाफ प्रतियोगिता

मलंगवा, भाद्र २४ - शिक्षा दिवसको अवसरमा मलंगवा जेसिजले "२९ औं तारा रनिङ्ग शिल्ड अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता २०६७" आयोजना गरेको छ ।

मलंगवामा आयोजित उक्त प्रतियोगितामा जिल्लाभरका निजी तथा सरकारी गरी ४१ विद्यालयका विद्यार्थीहरु सहभागी छन् । बुधबारबाट सुरु उक्त हाजिरीजवाफ प्रतियोगिता विहिवार सम्पन्न हुने आयोजक जेसिजले जनाएको छ ।

२९ वर्ष पहिले मलंगवा जेसिजका तत्कालिन अध्यक्ष मुक्ति गोविन्द वैद्यले स्थापना गरेको "तारा रनिङ्ग शिल्ड" अन्तर्गत यस वर्ष पनि शिक्षा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको मलंगवा जेसिजका अध्यक्ष मुकेश मिश्रले जानकारी दिए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले उदघाटन गरेको उक्त प्रतियोगिता समारोहको अध्यक्षता मलंगवा जेसिजका अध्यक्ष मुकेश मिश्रले गरेका थिए । कार्यक्रममा जेसिजका केन्द्रीय पदाधिकारीहरु लगायत मलंगवा जेसिजका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष जेसिजले हाजिरी जवाफ प्रतियोगिता गराउँदै आएको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login