बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जीत (हाइलाइट भिडियोसहित)

काठमाडौं, मंसिर १८ - नयाँ दिल्लीमा भइरहेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध १-० को रोमाञ्चक जीत हात पारेको छ। जवारलाल नेहरु रंगशालामा खेल सकिन केही सकेण्ड मात्र बाँकी रहँदा सागर थापाले फ्रि किक गोल गर्दै नेपाललाई रोमाञ्चक जीत दिलाए।       प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर बंगलादेशले नेपाललाई दवावमा राखेको थियो। दवावका कारण नेपालको खेल खस्किरहेकै अवस्थामा डि बक्सभन्दा टाढा पाएको फ्रि किकलाई थापाले पोस्टको दायाँ कुनाबाट जाली चुमाए।   बंगलादेशलाई हराउँदा नेपालले ३ अंक पाएको छ। यसअघि माल्दिभ्ससँग बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो। यो जीतसँगै नेपाल अर्को अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ। खेलको हाइलाइट हेर्नुहोस् :



नागरिक

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login