- भवानीप्रसाद शर्मा
म्ानिसको अनुहार(फेस)वाट उसको आनी वानी भुत बर्तमान र भविष्य हेर्ने यो एउटा नयाँ तरिका हो । अहिले सम्म चिना चिर्कटा र हस्तरेखाको साथै इश्वरिय शक्तिको आधारमा मानिसको बारेमा बताईदै आएको अवस्था थियो । अनुहार हेरेर मानिसको वारेमा जान्न सक्ने विधी पत्ता लगाउन र मानिसको वारेमा बुझ्न मलाई ९ वर्ष लाग्यो । शुरुका बर्षहरुमा चित्रकार (airtist)लाई अनुहारका अंगको फोटो बनाउन लगाएर वा कसैको फोटो मागेर या किनेर वा प्रत्यक्ष रुपमा हेरेर हेराउने गर्दथे । त्यसको साथै विभिन्न जिल्लाहरुमा उद्घोषण पत्रकारिताको साथै भाषण तालीम दिने क्रममा मैले सहभागिहरुलाई हेराउने गर्दथें । तर पछिल्ल्लो १ वर्ष यता इन्टरनेट मार्फत गुगल र फेसवुक लगायत अन्य विभिन्न सामाजिक संजालको प्रयोग वाट बिभिन्न देश जात धर्म र बर्गका हजारौं मानिसको फेस/अनुहार हेर्ने र बुझ्ने मौका मिल्यो ।
शुरुमा मैले फेसबुक ज्योतीष फोटो हेरेर भन्ने नामको फेसवुक आईडि खोलेर धेरै साथीहरुलाई अनुरोध गरेपनि धेरैको यसमा विश्वास भने थिएन । तर पनि एकादुईले मलाई हेरिदिन अनुरोध गर्नुभएपनि मैले उहाँहरुको फोटो हेरेर कम्तीमा ५० वटा कुराहरु लेखेर पठाईदिन्थे । उक्त कुराहरु पढेपछि मात्र बल्ल उनहिरु विश्वास मान्ने गर्दथे । विस्तारै मेरो यो विधिको वारेमा प्रचार हुँदै गयो । जसको कारण यो विधिलाई सार्थक बनाउन मलाई धेरै समय लागेन । पहिलो पटक मेरो वारेमा नयाँपत्रिका राष्ट्रिय दैनीकको साथै एकै साथ दर्जनौ वेवसाईड र एफ।एम। रेडियोहरुमा समाचार प्रकाशित र प्रशारित भएपछि मेरा सवै आईडिमा साथीहरुको अनुरोध आउन थाल्यो । फेसबुक र इमेलको मात्रै प्रयोग गरेको मैले त्यसपछि याहुम्यासेन्जर स्काईपको प्रयोवाट क्यूको आधारमा विदेशमा रहेकाहरुलाई तत्काल लाईभवाट र नेपालमा भएकाहरुलाई फोनवाट भएपनि हेराउन शुरु गरे । हालसम्म ६ हजार भन्दा बढी मानिसहरु लाई हेराईसकेको छु । यस सम्वन्धमा विभिन्न खालका समाचार तथा हेराई सकेका मित्रहरुको सकारात्मक प्रतिकि्रयाको कारण अहिले मैले प्रयोग गर्ने विभिन्न ७ बटा फेसबुक आईडि याहुम्यासेन्जर स्काईप र जिमेलमा गरि करिव २६ हजार भन्दा धेरै साथीहरु बनिसक्नुभएको छ । मेरो वारेमा अक्सफेर्ड युनिभसर्िटी वाट डा। योगेश उपाध्याय र बेल्जीयम वाट हाम्रो खवर डटकमका सम्पादक आलोक शर्माले लेख्नुभएको अनुभवको साथै सयौ मित्रहरुले लेखेको प्रतिकि्रया मेरो लागि मार्ग दर्शन समेत बनेको छ । एउटा कुनै अपरिचित व्यक्तिको वारेमा उसको फोटो हेरेर नै उसको जिवनको वारेमा जानकारी दिनु कुनै चानचुने कुरा होईन । यसमा सवैभन्दा ठुलो कुरा त सिद्धि प्राप्त गर्नु भगवानको कृपा अनि सम्पुर्ण मित्रहरुको आर्शिवाद नै प्रमुख हो भन्ने लाग्छ । म एउटा व्यवसायीक पत्रकार/संचारकर्मी प्रशिक्षकको साथै कफी किसान समेत हुँ । अपराध कथा लेख्ने क्रममा अपराधको आरोप लाग्ने गरेका व्यक्ति तथा मेरो आफ्नै जिवनको कष्टकर भोगाईवाट मैले यतिका कुराहरु सिक्न पाएँ । यसमा मेरो आफ्नै खोज अनुसन्धान तथा अनुभवको उपजको साथै यो एउटा बैज्ञानीक प्रयोग समेत हो । अनुहारका विभिन्न अंगहरुको रंग आकार तथा त्यसको बनावटको आधारमा उसको आनी-वानी भूत वर्तमान तथा भविष्यको बारेमा बर्णन गर्ने यो एउटा विश्वकै नयाँ विधि हो भन्ने मलाई लाग्छ । हेराईसकेपछि विभिन्न साथीहरुवाट आएको प्रतिकि्रयाले पनि यसकुराको पुष्टि गर्दछ । यस विषयमा मैले सयौ ज्योतिषिहरु सँग पनि बुझ्ने प्रयास गरैं तर उनीहरुको हेराउने विधि र तरिका मेरो यो तरिका नै अलग्यै छ । भवानीप्रसाद शर्मा (लक्की भवानी) कुश्मा पर्वत अर्को तर्फ संसारभरका मैले थाहा पाएका र सम्पर्कमा आएका सवै बर्ग जात रंगका मानिसहरुलाई पनि मैले अध्ययन गरि उनीहरुलाई हेर्ने काम पनि भएको छ । म एउटा नेपालको एउटा दुर्गम जिल्लामा रहेपनि यो विधिलाई मैले इन्टरनेट मार्फत धैरै जसो विदेशमा बस्ने नेपालीको साथै विदेशीहरुलाई पनि प्रयोग गरेँ । जसबाट मैले सफल भएको र सकारात्मक प्रतिकि्रया समेत पाएँ । तिनै साथीहरुको सुझाव सल्लाह अनुसार आज यो कलाले विश्वरभरका नेपाली र विदेशीहरुमाझ व्यापकता पाएको छ । यो विधि अहिले विशेष गरि नेपालको साथै बेल्जीयम पोर्चुगल इजरायल अष्ट्रेलीया जापान युके डेनमार्क कतार युएई रस्सीया स्वीजरल्याण्ड अमेरीका आइसल्याण्ड र भारत जस्ता देशमा बस्ने नेपालीहरुको साथै त्यस देशका नागरिकहरुलाई पनि प्रयोग भैरहेको छ । नयाँ विधि पत्ता लगाएर अहिले विश्वभर प्रयोग गरेपछिको सकारात्मक प्रतिकि्रयाको कारण नै आज म यो विधिमा सफल भएको छु भन्ने लाग्छ । तर पनि मेरो मैले ९५ प्रतिशत भनेपनि साथीहरुले यतप्रशितसत मिलेको प्रतिकि्रया मौखिक र लिखित रुपमा समेत दिनुभएको छ । विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदी वहिनीहरुले आफ्नै देशमा यस्तो विधि पत्ता लाग्नु आफुहरुको शिर ठाडो भएको प्रतिकि्रया लिखित रुपमा दिनुभएको छ । अन्त्यमा स्वदेश तथा विदेशमा रहने मेरा साथीभाई आफन्त तथा शुभचिन्तकको सल्लाहअनुसार यो विधिलाई अझै विश्वभर फैलाउनुको साथै सिक्न चाहनेहरुलाई यो विधिको वारेमा जानकारी दिनु अझै सार्थक हुने छ भन्ने मलाई लागेको छ । काठमाण्डौमा रहनुभएका मेरा अग्रज तथा संचारकर्मी मित्रहरुको साथै हेराईसक्नुभएका मित्रहरुको सल्लाहअनुसार मैले यो विधिलाई काठमाण्डौको कुनै एक ठाउँमा कार्यालय स्थापना गरि ुअनुहारवाट मानिसको आनी-वानी भुत वर्तमान तथा भविष्य अनुसन्धान केन्द्रु स्थापना गर्ने सोच बनाएको छु । त्यसैले यस सम्वन्धमा यहाँहरुको अमुल्य सुझाव सरसल्लाह तथा सहयोगको अपेक्षा समेत गर्दछु । साथै तपाईहरुले आफ्नो बारेमा जान्नको लागि मेरो फेसवुक स्काईप याहुम्यसेन्जर र इमेलहरुमा साथी बनाउनुभएको छ । यस्ता मित्रहरुको संख्या लगभग २६ हजारभन्दा धेरै पुगीसकेको छ तर मैले दिनमा ३ देखी ५ जना सम्मको मात्र हेर्न सक्छु । केहि महिना भित्रै अनुसन्धान केन्द्र स्थापना भएको खण्डमा दैनीक २० जना सम्मलाई हेर्न सकिने हुन्छ । त्यसैले मलाई साथी बनाएर पनि पालो नपाउनुभएका मित्रहरुलाई धैर्य गरेर पालोको प्रतिक्षा गरिदिनुहन अनुरोध गर्दछु । पक्कैपनि एक दिन तपाईहरु आफ्नो वारेमा जान्न पाउनुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।
phone:- ९८५७६३००४६
e-mail :- luckybhawani2009@gmail.com
bhawani2032@yahoo.com
sindhulidarpan
sindhulidarpan