राजेश हमालसँग विहे भएकै होः वालकुमारी

विजय आवाज  चितवनकी प्रहरी हवल्दार वालकुमारी अधिकारीले राजेश हमाल आफ्नो पति भएको भन्दै हनुमान ढोकामा पुगेपछि सुरु भएको हमाल बिहे काण्ड अझै सेलाएको छैन् । सोमबार सरकारी बिदा परेर उजुरी दिन नपाएको भन्दै पत्नी दावी गर्ने बालकुमारी मंगलबार फेरि हनुमान ढोका पुगेर हमाल आफ्नै पति भएको दाबी दोहोराइन् । हनुमानढोका परिसरमा पुगेकी वालकुमारीले के के भनिन् र के के गरीन् त ?  राजेश हमाललाई मंगलवार आफूले उनकै निवास कपुरधारा अगाडि भेटेको उनको दावी छ । उनले भनिन्, ‘मंगलवार मैले उहासँग घरवाहिर भेटँे, तलाई मैले छोएको पनि छैन भन्दै कराउनुभयो । मैले उहालाई हामी वसेर कुरा गरौं भन्दा उहाँले मान्नुभएन । यसपछि म हनुमानढोका आउन वाध्य भएँ,’ उनको भनाई छ । वालकुमारी आफूहरु विच ५२ सालमा विहे भएको दावी दोहोर्याउन पछि पर्दिनन् । उहाँ र म विचमा यस्तै तिन चार महिना प्रेम भएपछि विहे गरेका हौँ, मलाई उहाँले सिन्दुर हालिदिउँ त भन्दै सोध्नुभयो, मैले पनि हुन्छ भने अनि उहाँले सिन्दुर हाल्दिनुभयो । यसपछि उहाँ र म विच धेरै पटक भेट भएको छ वालकुमारी भन्छिन् । उनले आफूसँग भएका ३ सन्तान पनि हमालकै भएको दावी दोहोर्याएकी छिन् । वालकुमारीले स्कुलमा आफ्ना छोरीहरुको नाम भने आमा अर्थात आफ्नो नाममा दर्ता गरेको वताईन् ।  परिआए छोराछोरीको डि.एन.ए परिक्षण गर्नुर्हुन्छ भन्ने प्रश्नमा वालकुमारीले सुरुमा त यसको अर्थ वुझिनन् । तर, पछि अर्थ वुझाईदिएपछि उनले आफु तयार रहेको वताइन् । विहे भएपछि वारम्वार आफुले हमाललाई भेट्न खोजेपनि नपाएको उनको गुनासो छ । उनका १०, ७ र ५ उमेरका तिन सन्तान रहेको वुझिएको छ । वालकुमारीले तपाई मानसिक रुपमा कमजोर हुनुहुन्छ अनि औषधि खादै हुनुहुन्छ रे भन्ने प्रश्नमा भनिन्, जर्वजस्ती मानसीक अस्पतालमा लगेर औषधी खुवाईदिए त तपाइलाई पनि पागल भन्छन् जङ्गिइन । तपाईृको त श्रीमान् हुनुहुन्छ रे भन्ने प्रश्नमा बालकुमारी भन्छिन- त्यो गुन्डा हो, मलाइ फकाएर मुम्वईमा वेच्न लान खोजको थियो ।  वालकुमारीले वारम्वार हमाललाई श्रीमान दावी गरिरहँदा पनि हमालले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले यो हल्ला भएको भन्दै यसवारेमा खासै प्रतिक्रिया नदिने वताएका छन् ।

source:-onlinekhabar
Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login