अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद

२ जना पक्राउ- 
केपी ढुङ्गाना, काठमाडौं, मङ्सिर ११- ३ लाख ११ हजार नक्कली नेपाली रुपियाँसहित २ जना पक्राउ परेका छन्। यसअगाडि फाट्टफुट्ट जाली नेपाली रुपियाँ फेला पर्ने गरे पनि आइतबार सार्वजनिक रकम अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको हो।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जाली नोटसहित विनोदकुमार शाह र शिवशक्ति पोखरेललाई पक्राउ गरेको हो। प्रहरीले दुवैलाई कोटेश्वर चोकबाट पक्राउ गरी उनीहरुको साथबाट पाँच सय र एक हजार दरको तीन लाख एघार हजार जाली नेपाली रुपियाँ बरामद गरेको हो।  ८ गते पक्राउ परेका दुवै जनालाई ब्युरोले आइतबारमात्र सार्वजनिक गरेको थियो। 

ब्युरो अधिकारीका अनुसार दुवै जना जाली नोटको कारोवारमा संलग्न रहेको सूचनाको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। पक्राउ अभियुक्तमध्ये शाह यसअगाडि नक्कली भारतीय रुपियाँको कारोबारमा सक्रिय थिए। उनले कैद सजाय भुक्तान गरी रिहा भएपछि पोखरेलसँग मिलेर पुन: जाली नेपाली रुपियाँको कारोबार सुरु गरेको ब्युरोले जनाएको छ।  

ब्युरो अधिकारीका अनुसार पोखरेल बानेश्वरमा रेडिमेड कपडाको व्यापारमा सक्रिय थिए। उनैले शाहलाई जाली नेपाली रुपियाँ उपलब्ध गराउने गर्दै आएका थिए। जाली रुपियाँको कारोवारमा संलग्न रहेको अभियोगमा दुवै अभियुक्त महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। 


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login