दोहोरो कर हटाउने सम्वन्धि सम्झौता भोलि हुने

मंसिर १०, काठमाडौं नेपाल र भारतबीच भोली दोहोरो कर हटाउने सम्बन्धी सम्झौता हुने भएको छ । भारतीय विदेशमन्त्री प्रणव मुखर्जी भोली नेपाल आएपछि दुई देशबीच सो सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो । त्यसको तयारीका लागी भारतीय विदेशसचिव रञ्जन मथाई आज काठमाण्डौ आइपुग्नुभएको छ । उहाँले आज अपरान्ह नेपाल सरकारका मुख्य सचिव माधव घिमिरेलाई भेटी सम्झौताको तयारीवारे छलफल गर्नुभएको छ।

यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा तुलनात्मक रुपमा नेपाललाई फाइदा पुग्ने दोहोरो कर हटाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर नगरी विप्पा सम्झौता गरेको भन्दै प्रतिपक्ष दलले सरकारको आलोचना समेत गरेका थिए ।   भारतले विशेष प्राविधीक कारण देखाएपछि प्रधानमन्त्री बावुराम भट्टराइको भारत भ्रमणका क्रममा सो सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।

 नेपाल बसाइका क्रममा मुखर्जीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र प्रमुख दलका शिर्षस्थ नेतासंग भेटवार्ता गरि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै शान्ति प्रक्रियाका विषयमा पनि छलफल गर्नुहुने बताइएको छ । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login