साउदी अरबमा एक नेपाली युवतीमाथि सामूहिक बलात्कार

काठमाडौ, कार्तिक २९ - घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँच्चिएको छ ।  साउदीको राजधानी रियादमा कपिलवस्तुकी २६ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरी नेपाली दूतावासको गेटअगाडि फालिएको थियो । दुई महिनाअघि पनि बलात्कारमा परेकी एक युवती शरण खोज्दै दूतावास आइपुगेकी थिइन् ।  साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पीडितलाई एक अस्पतालमा उपचार गराइराखिएको छ । ‘सामूहिक बलात्कार गरी बिहान ३ बजेतिर दूतावासको गेटअगाडि ल्याएर फालिएको र बाटोमा हिंड्ने बटुवाले थाहा पाएपछि स्टाफ बस्ने क्वार्टरमा घन्टी बजाइदिएपछि मात्रै जानकारी भयो ।  दूतावासले सूचना पाएलगत्तै प्रहरीको साथ लिई अस्पतालमा लगिएको र आवश्यक प्रमाण सुरक्षित राखिएको जनाएको छ । ‘पीडित सामान्य अवस्थामा आइनसकेकाले घटना विवरणबारे पूरै जानकारी आइसकेको छैन,’ उनले भने, ‘पीडित बोल्न सक्ने अवस्थामा नरहेकाले सोधपुछ भएको छैन ।’
 स्रोत :कान्तिपुर न्युज 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login