बाह्रबिसेबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खस्यो

एकको मृत्यु, १९ घाइते- ध्रुव दंगाल, सिन्धुपाल्चोक, कात्तिक २७ - बाह्रबिसेबाट काठमाडौँ गइरहेको बा २ ख ६२५९ नम्बरको यात्रुवाहक बस आज बिहान सवा ७ बजे अरनिको राजमार्गको सुकुटेबाट सुनकोशी नदीमा खस्दा  एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। ती मध्ये १५ जनाको धुलिखेल अस्पतालमा र ३ जनाको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ।  गम्भीर घाइते एक जनालाई धुलिखेल अस्पतालले काठमाडौँको टिचिङ अस्पताल रिफर गरी पठाएको छ।     जिल्ला प्रहरी कार्यालय खाडीचौरका सई वीरेन्द्र रायमाझीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको बा ४६ प ८२२२ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा बस सुनकोशीमा नदी किनारमा खस्न पुगेको हो।   घटनामा मृत्यु हुने दोलखा लोकथाङ २ का ३२ वर्षीय अर्जुन खड्का सोही मोटरसाइकल चालक हुन्। उनी तातोपानी जाँदै थिए। अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो।  बस भित्तामा ठोक्किदाँ ९ घाइते, ४ गम्भिर यसैगरी काकडभित्ताबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान चितवनको मुग्लिन नजिकै नाल्दी खोलामा दुर्घटना हुँदा ९ यात्रु घाइते भएको नागरिकन्युजकर्मी समुन्द्र पौडेलले जनाएका छन्।  घाइते मध्ये ४ को अवस्था गम्भिर छ। घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  वर्षाका कारण सडकमा चिप्लिएर ना ३ ख ७३७५ नम्बरको बस सडक किनारको भित्तामा ठोकिएको हो। दुर्घटनाका कारण अवरुद्ध पृथ्वी राजमार्ग डेढ घण्टापश्चात् क्रसरले बस हटाएपछि बिहान ७ बजेदेखि सञ्चालन भएको थियो।


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login