९ असोज,सर्लाहीको अचलगढ गाविसमा शनिबार मध्यरात एक चौकीदारमाथि गोली प्रहार भएको छ । अचलगढ ५ मनुस्मारा खोलामा निर्माणाधीन पुलमा प्रयोग हुने सामग्रीको चौकीदारी गर्ने चुनचुन भण्डारीमाथि गोली प्रहार भएको हो ।गोली प्रहारबाट घाइते भएका भण्डारीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला कार्यालयले जनाएको छ । निर्माणाधीन पुलछेउमा बनाइएको छाप्रोमा रहेका भण्डारीसहित पाँचजना चौकीदार तथा मजदुरलाई ६ जनाको संख्यामा आएका हतियारधारीले कुटपिट गर्न थालेपछि मजदुरले प्रतिकार गरेका थिए । प्रतिकार गरेपछि भण्डारीको देब्रे तिघ्रामा गोली प्रहार गरी हतियारधारी समूह भागेको स्थानीयले बताएका छन् ।
स्थानिय समाचार
»
गोली प्रहार सर्लाहीको अचलगढमा चौकीदारमाथि
गोली प्रहार सर्लाहीको अचलगढमा चौकीदारमाथि
Tags:
स्थानिय समाचार
