बाग्लुङ, साउन १८ - पर्वतमा एक व्यक्तिले हँसिया प्रहार गरेर दुई महिलाको हत्या गरेका छन् भने दुई महिला घाइते भएका छन्। लिमिठान-९का भक्त भण्डारीले श्रीमती मीना भण्डारी र काकी हरिकला भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट भक्तकी आमा धनशरी र भाइबुहारी पवित्रा घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मंगलबार साँझ हत्या गरेर फरार भएका भण्डारीलाई भाग्दै गरेको अवस्थामा कुर्घा-६ बाट पक्राउ गरेको प्रहरी सहायक निरीक्षक ओम घिमिरेले जानकारी दिए। दुई दिनदेखि मदिरा सेवन गरेका भण्डारीले घरभित्रबाटै हँसिया निकालेर एक्कासी हानेको स्थानीय सोमबहादुर क्षेत्रीले बताए। भण्डारीका दुई छोरा र एक छोरी छन्।
source:-nagriknews