रमेशकुमार पौडेल, चितवन, साउन ३२- रौतहटको गौरबाट काठमाडौं जान आइरहेको यात्रु बस आज मध्यरातमा पूर्व पश्चिम राजमार्गको चितवन खैरहनीनजिक ट्रकसँग ठोक्किँदा २२ जना यात्रु घाइते भएका छन्। ना ३ ख ३५२० नम्बरको सो बसले ना ४ ख ५१६० नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ। घाइतेमध्ये १ जनाको भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल र बाँकी १० जनाको भरतपुरकै नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पानी परेको बेला सो दुर्घटना भएको थियो।
source:-
nagriknews
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.