३० असार, काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा एक महिलाले आफ्नै श्रीमानको लिंग काटिदिएकी छन् । ४८ वर्षीया क्याथरिन किया बेकरले चक्कुले श्रीमानको लिंग काटेर फोहोर फाल्ने बाल्टीमा फ्याँकी दिएकी हुन् । खानामा नशालु पदार्थ मिसाएर खुवाएपछि बेहोस भएका श्रीमानलाई खाटमा बाँधेर उनको लिंग काटिदिएको क्याथरिनले प्रहरीलाई बताएकी छन् । श्रीमानको लिंग काटेलगत्तै क्याथरिनले घटनाबारे जानकारी दिन प्रहरीमा खवर गरेकी थिइन् । उनलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । क्याथरिनले प्रहरी समक्ष बयान दिने क्रममा खराब आनीबानी भएकाले सजायस्वरुप श्रीमानको लिंग छिनाइदिएको बताएकी छन् । प्रहरीले लिंग काटिएका पीडितको नाम खुलाएको छैन । प्रहरी पुग्दा बेहोस अवस्थामा रहेका क्याथरिनका ५१ वर्षीय श्रीमानको काटिएको लिंगबाट रक्तश्राव भइरहेको बताइएको छ । प्रहरीले तत्कालै उनलाई अस्पताल पुर्याएर उपचार गराएको थियो । इमरजेन्सी अपरेसन गरी ज्यान बचाइएका पीडित अहिले पनि अस्पतालमै छन् । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । पीडितले श्रमतीले दिएको खानेकुरा खाएलगत्तै पेटमा खराबी आएपछि आफू सुतेको र उठ्दा लिंग काटिएको अवस्थामा नाङ्गै पाएको बताएका छन् । प्रहरीले केही समययता क्याथरिनको श्रीमान श्रीमती सागै बस्ने गरेपनि सम्बन्ध राम्रो नहरेको तथा उनीहरुले सम्बन्ध विच्छेदको तयारी गरिरहेको बताएको छ ।
source:-onlinekhabar









0 commentaires