चितवन (रत्ननगर), असार २४- झण्डै २ लाख नक्कली रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको छ। चितवनको नारायणगढबाट उनीहरूलाई नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख रविन्द्र शर्माले आज जानकारी दिए।
उनका अनुसार वीरगन्ज क्षेत्रबाट ल्याइएको रकमसहित उनीहरूलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा चितवनमा रिक्सा चलाउँदै आएका मकवानपुर छतिवन बस्ने वर्ष ३६ का खड्गबहादुर सत्याल (गोपाल) र मकवानपुर कमाने बस्ने राजु घिमिरे रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको बयानका आधारमा मुख्य नाइकेलाई पक्राउ गर्ने प्रयास भइरहेको छ।
उनीहरूबाट रु १ लाख नब्बे हजार नक्कली नेपाली पाँच सय दरका नोट र करिब साँढे २ हजार सक्कली नोट पनि बरामद गरिएको प्रहरी उपरीक्षक रविन्द्र शर्माले जानकारी दिनुभयो।
nagriknews