पीसिएफ शिक्षकको बिरोध र्‍याली

साउन ८ सर्लाहीको मलंगवामा आज पीसिएफ शिक्षकहरुले आफ्नो हक हितको माग गर्दै र्‍याली निकाल्दै शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । शिक्षकहरु आंशिक शिक्षकलाई पूर्ण गर,एक शिक्षकलाई ५० विद्यार्थी बापतको तलब दिउ, आंशिकलाई पूण गरेर मात्र ०६८ सालको पीसिएफ कोटा बितरण गर,अन्तराष्ट्रि मजदुर माहासन्धी अनुसार ज्याला दारी दिउ तथा समान कामको लागि समान ज्याल दिनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलित भएको पीसिएफ शिक्षक दिपक गौतमले जानकारी दिनुभयो । जिल्लामा हाल केहि बर्षदेखि पूर्ण पीसिएफ कोटा बितरण नगरी आंशिक कोटामात्र बितरण गएको शिक्षक देबेन्द्र कार्कीले जानकारी दिए । आंशिक तलब दिदां एउटा मजदुर भन्दा पनि कम भएको र आफुहरुलाई गुजारा गर्न कठिनाई भएको कार्कीको भनाई रहेको छ । शिक्षकहरुले आफुहरुको मागलाई दूइ दिन भित्र सम्बोधन नगरिए श्रावण ११ गते देखि अनिश्चितकालीन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने भनि जानकारी पीसिएफ शिक्षक संर्घष्ा समितिका अध्यक्ष राम नरेश राय यादवले बताउनुभयो । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login