फेरि तुइन चुँडियो, आमाछोरी नदीमा बेपत्ता

रमेश खतिवडा, दोलखा, साउन ११- दोलखाको गौरीशंकरको रिकु र लामाबगर जोड्ने रोल्वालिङ खोलाको तुइन चुडिँदा आमाछोरीलाई खोलाले बगाएको छ। बन्दना खड्काले  डेढ वर्षकी छोरी काँधमा राखेर नदी तर्दै गर्दा तुइँनको बक्सा रोल्वालिङमा खसेको प्रहरीले जनाएको छ। ११:५० देखि हराइरहेका उनीहरुको अवस्था अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।     वर्षाका कारण बुधबार रोल्वालिङ नदीमा पानीको बहाव बढेको छ।   घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।   यसअघि धादिङको ज्यामिरेघाटबाट गोरखाको घ्यालचोक जोड्ने तुइन चुडिँदा त्रिशुली नदीमा पाँच जना बेपत्ता भएका थिए। 



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login