झापा (काँकडभिट्टा), श्रावण ५ - झापा बुधबारेका एक व्यक्तिले विगत तीन वर्षमा शिक्षा र अन्य क्षेत्रका लागि रु एक करोड ७० लाख बराबरको निजी धन दान दिएका छन् । बुधबारे गाउँ विकास समिति–५ निवासी ५३ वर्षीय रमेशकुमार भुजेलले २०६५ सालमा बुधबारेको आदर्श उच्चमाविलाई रु दुई लाख ५५ हजार ५५५ दिएर दानको सुरुवात गरेका थिए । उनले बुधबारेको सीता रमेश बहुमुखी क्याम्पसलाई रु ५८ लाख, दुहागढीको त्रिदेव बहुमुखी क्याम्पसलाई रु २६ लाख, धाइजनको बलभद्र जनता उच्च माविलाई रु ५५ हजार र बाहुनडाँगीको बाल विकास निमाविलाई रु ५५ हजार नगद दान गरेका छन् । विद्यालय, मठमन्दिर, खानेपानी आयोजनालगायतका क्षेत्रमा उनले सहयोगलाई केन्द्रित गरे पनि दानको नब्बे प्रतिशत बढी हिस्सा शिक्षा क्षेत्रमा रहेको छ । एसएलसीसम्मको मात्र शिक्षा प्राप्त गरेका समाजसेवी भुजेलले गरिबीका कारण आफूले पढ्न नपाएको हुँदा आफ्नो जस्तो अवस्था अरूको नहोस् भनेर गरिब पढ्ने विद्यालय र क्याम्पसमा सहयोग दिएको बताए । नेपाली कांग्रेस बुधबारे गाविसका सभापति समेत रहेका भुजेल पछिल्लो समय जग्गा खरिद बिक्री व्यापारमा संलग्न छन् । आफूले आर्जेको मुनाफाको ३० प्रतिशत हिस्सा दानमा खर्च गर्ने सङ्कल्प गरेको उनले बताए । रासस
एक्लैले १ करोड ७० लाख दान
1 commentaires
Leave a Reply
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
July 22, 2011 at 10:46 PM
THANK YOU VERY MUCH RAMESH JI YOU ARE SO GREAT PERSONALITY AND SALUTING YOUR GREATNESS.