काठमाडौं, श्रावण ७ - नर्वेको राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार बिहान भएको विष्फोटमा ७ जनाको मृत्यु भएको छ । राजधानी बाहिरको यूथ क्याम्पमा बन्दुकधारीको आक्रमणमा भने ८० जनाको मृत्यु भएको छ । विष्फोटकाबेला प्रधानमन्त्री जेन्स स्टोलटेनबर्ग भने कार्यालयमा थिएनन् । हमला आतंकवादीले हो वा अरु कसैले खुलेको छैन । प्रधानमन्त्री कार्यालय बाहिर एउटा कार थियो, जहाँ बम राखिएको अनुमान गरिएको छ । संदिग्ध आक्रमणकारी बेहरिङ ब्रिविक रहेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्फोट गराइएको क्षेत्रमा प्रधानमन्त्री कार्यालयका साथै अर्थ मन्त्रालय र एक टेब्लोइड पत्रिको कार्यालय थियो । प्रहरी पोशाकमा रहेको व्यक्तिले राजधानी बाहिर रहेको लेबर पार्टीको यूथ क्याम्पमा अन्धाधुन्ध फायरिङ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
source:-ekantipur









0 commentaires