दुबई श्रावण ९ - देवेन्द्र नेपाल सरकारले यही श्रावण महीना बाट सम्पूर्ण कर्मर्चारी हरु लाई एक रुपताको पोसाक अनिबार्य रुपमा लगाउनु पर्ने बेवस्ता गरेको छ जुन सरहानीय कुरा हो राष्ट्रको सरकारी कर्मचारी भए पछि रास्ट्रीय पोसाक लगाएर कार्यालय जानु आफै मा गर्व को कुरा हो तेही अनुसार रास्ट्रीय भाषा, रास्ट्रीय गान ,लगायत सम्पूर्ण रास्ट्रीय कुरा हरु को जगेर्ना गर्न सरकार ले पहल गर्नु पर्छ र सरकारको आदेश बमोजिम कर्मचारी हरुले यो कुरा पालना गर्नु पर्छ मैले देश बाट के पाए होईन देशको लागि के दीए भन्ने भावना कर्मचारीतन्त्र मा हुनु पर्र्यो रकर्मचारीतन्त्र राजनीति बाट टाढा हुनु पर्छ हामी कर्मचारीले नेपाल राष्ट्रको नुन खाएका छौ कुनै राजनीति पार्टी को होईन भन्ने भाव कर्मचारी तन्त्र मा हुनुपर्यो सरकारी कार्यालय मा हुने भष्ट्रचार ,राजनीतिदलहरु ले गर्ने नीयूक्ति ,सरुवा ,बढुवा ।लाई कर्मचारीतन्त्र बाट नै बिरोध हुनु पर्यो के हाम्रा सरकारी कार्यालय हरु राजनीति भर्तीकेन्द्र हुन्
देश लाई यति भाग मा बिभाजन गर्ने उति भागमा बिभाजन गर्न के यो देश राजनीति दल हरुको बाउको बिर्ता हो या तिनी हरु को पाईन्ट को जीफ़र हो चाहेको बेलामा खोल्ने नचाहे बन्द गर्ने हाम्रो देश मा जताततै राजनीति हस्तक्षप छ यसको बिरोध कर्मचारी तन्त्र बाट हुनु पर्यो र कर्मचारीतन्त्र को मनोबल मा यो हुनु पर्यो कि मैले नेपाल राष्ट्रको सफत खाएको छु राष्ट्रको ढुकुटी बाट तलब खाएको छु कुनै राजनीति दलको कोष बाट होईन र नेपालका सरकारी कर्मचारी भने पछि सबै नेपाली जनता को मनमा घुसीया कर्मचारी भन्ने छाप परेको छ र म सरकारी कर्मचारी हरु लाई प्रश्न गर्छु के तपाई हरु ले चाहनु हुन्छ भने यो घुसीय कर्मचारी भन्ने छाप हटाएर राष्ट्रसेबक कर्मचारी बन्न सक्नु हुन्न ? तपाई का छोरा छोरी हरु स्कूल ,कलेज तथा बाटो हीड्दा घुसीया कर्मचारी को छोरा छोरी भन्दा तपाई हरु लाई सरम लाग्दैन। के यो देश तपाई हरु को होईन । के माथि बाट हुने राजनीति हस्तक्षप को तपाई हरु बिरोध गर्न सक्नु हुन्न यो देश नेपाल त तपाई हरु को पनि हो नी हामी आफ्नो राष्ट्रलाई जननी ,माता भनेर पुकार्छौ र घुस खानु भ्रस्टाचार गर्नु भनेको देश लाई बलात्कार गर्नु सरह हो के तपाई यो चाहनु हुन्छ ! राजनीति दल र तिनका नेता हरु अन्तरास्ट्रीय स्तरमा भन्ने हो भने राजनीति दल र तिनका नेता हरु राष्ट्र निर्माणका प्रमुख हुन् तर नेपाल को सन्दर्भमा जनताको नजर मा भन्ने हो भने राजनीति दल र तिनका नेता हरु गुण्डागर्दी का नाईके । घुसखोरी , भ्रस्टाचारी । र राजनीति गर्नु भनेको जसरि भए पनि सत्तामा पुग्नु र आपूत सम्पति कमाउनु अझ भन्दा राष्ट्रको ढुकुटी भनेको राजनीति दल र सत्तामा हुने हरुको रजाइ गर्ने ठाउँ भएको छ भन्दा अयुक्ति न होला र यही श्रावण महीना बाट सम्पूर्ण कर्मर्चारी हरु लाई एक रुपताको पोसाक अनिबार्य रुपमा सरकार ले लागु गरको छ तर सरकारमा भएका ,संसदमा भएका ले चै यो कुरा पुरा गर्नु नपर्ने संसदमा जादा रास्ट्रीय पोसाक लगाउनु , रास्ट्रीय भाषा बोल्नु ।राष्ट्रले रास्ट्रीय चीज भनेर छुट्याएपछि यसको पालना त पहिला सरकार मा हुने हरु संसद मा हुनेहरु अनी सरकारी कर्मचारी र राजनीति दल का नेता हरु ले प्रयोगमा ल्याउनु पर्ने होईन र नत्र रास्ट्रीय चीज हरू को महत्व के रह्यो र के तपाईहरुले रास्ट्रीय पोसाक लगाउदा,संसदमा रास्ट्रीय भाषाबोल्दा आफ्नो स्तर कम हुन्छ यसले त भाबी पुस्ता लाई राष्ट्र प्रति , रास्ट्रीय भाब प्रति ,जगेर्ना गराउछ जुन तपाई हरु को कर्तब्य पनि हो र तपाइहरु आफु सरकारमा हुदा गर्ने काम हरु सबै सहि तर सरकार बाट बाहिरे पछि सरकारमा हुने ले गरेका काम को बिरोध गर्ने जुन परि पाटि छ अनि सरकार मा हुने ले पनि जे गर्छू सहि छ भने भावना को अन्त हुनु जरुरि छ र तपाई हरु को हातमा भनेको हाम्रो राष्ट्र नेपाल लाई कता र कुन दीशामा लैजाने भन्ने शक्ति छ र तर तपाई हरु खाली सत्ता को लुछाचुडी मा नै बेस्त हुनु हुन्छ के यहि हो तपाई हरु को काम र कर्तब्य के यसैका लागि हो जनता बाट मननोयन भएर आउनु भएको।आफ्नै पासपोर्ट बेचेर खाने ,कर्मचारी माथि हातपात गर्ने , यीनै हुन् तपाई हरु का काम । एक पटक आफै मनन गर्नुस त के तपाई हरु दलगत स्वार्थ भन्दा माथि उठ्न सक्नु हुन्न ।आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नु हुन । यो कस्तो देश बनाउनु भयो शिक्षित जनसक्ति विदेश पलायन अदक्ष र असीक्षित जन शक्ति सरकार मा सदन मा तपाई आफै भन्नुहोस हामी ले अब तपाई हरु बाट कस्तो देश विकास अनि नया सम्बीधानको आश गर्ने । हामी अथवा नेपाली जनता । हामी नेपाली जनता पनि आजिबका छौ नेताका भाषण आश्वासन् सुन्नु र पाउनु भनेको भगवानले बरदान दीएको सम्झ्नछौ र आफ्नो काम नै छाडेर नेताहरु को पछि लाग्छौ हामी पनि त मुर्ख होउ एक हिसाबले जुन नेता हरू भ्रस्टाचारी हुन् भन्ने थाहा हुदाहुदैपनि भोट हालेर फेरी संसद मा सभासद बनाएर पठाउने पनि त हामी नै होउ र हामी हाम्रो तर्फ बाट किन भ्रस्टाचारी।नेता हरु लाई जहा पनि बहिस्कार गर्न सक्दैनौ यो हाम्रो कमजोरी होईन र । हाम्रो पनि त कर्तब्य छ यो देशको हामीलाई पनि त माया छ यो सब अब कति सहने। हामी हरु ले पनि त आफ्नो ठाउँ बाट केहि गर्न सक्छौ जस्तै । गाउघर सहर सफा राख्न हामी ले आफ्नो घर आँगन बाट नीक्लने फोहर हरु लाई आफै बेवस्थापन गर्ने सके गाउ र सहर बजार त सफा हुन्थ्यो हामी हरु आफ्नो घरअंगन बाट फोहर हटाए पछि हामी फोहर मुक्त भएको अनुभव गर्छौ के सही अर्थमा यो साचो हो । आफ्नो गाउटोल सफा राख्न तपाई हाम्रो भूमिका के हो त ।एउटा ले फोहर फालेको देखेमा गाली गर्नु पर्ने ठाउमा हामी तेसलाई गाली गर्नु त कता हो कता आफै लागेर तेसै ठाउँ मा फोहर फाल्छौ यस बिषयमा कुरा गर्दा मलाई एउटा दुबई मा भएको घटना को याद आयो एक दिन छुटी को दिन म र मेरो साथी बिश्वजित राइ राई घुम्न नीक्लेका थियौ बाटो मा साथीले भितामा थुक्क दीयो त्यो एउटी लोकल आइमाई जसले कालो बुर्का लगाएकी थिई हामी नजीकै आएर हामी लाई सारै गाली गरि भनि “ म पुलिस बोलाउछु २०० दिराम नेपाली ४००० हजार जरिवाना लाग्छ हामी माफमाग्दै त्यहाँ बाट लाग्यौ डर पनि लाग्यो रिसपनि उठ्यो अनि बेलुका कोठामा आएर अर्को साथी ले नेपाल पैसा पठाउन जाउ भन्यो मलाई थकाई लागेको छ भने अनि दुई जना साथी हरु आश बहादुर राई र कमल न्यौपाने गए तस्तै बीस मिनेट पछाडी फर्की हाले अनी गएनौ भनेर सोधे कहाँ बाटो काट्दा पुलिसले समाएर पताका लग्यो अब लिन जानु पर्ने २०० दिराम नेपाली ४०००० लाग्छ रे हामी नेपाल मा आकासेपुल बाट बाटो न काटेर तल बाट हिड्दा केहि हुदैन थियो अब हेर्नुस यहाँ बाटो काट्दा को परीणाम चार हजार नेपाली रुपया के हामी पनि यसैगरी जागरुक बन्न सक्दैनौ घर टोल सहर बजार सफा राख्न सबै कुरा सरकारको भरमा नै बस्ने तेसैले देश बनाउने कुरा मा आ(आफ्नो ठाउँ बाट सहयोग गरू आफ्नो नेपाली पनलाई नभुलौ
लेखक “ देवेन्द्र नेपाल “ हाल:- दुबई