१ सय १२ परिवारको विद्यालयमा बास

रुकुम, श्रावण २ - पुर्तिमकाँडा १ की मनकुमारी विकलाई गाउँमै दुई दिनअघिको जस्तो ठूलो पहिरो आई परिवारै बगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।  उनको सात जनाको परिवार दिनभर घरको कामकाज गरी साँझ नजिकैको ज्ञानोदय प्राथमिक विद्यालय, गिठाकोटमा जाग्राम बस्न बाध्य छ । 'पहिरोको डर बढेपछि गाउँले सबै विद्यालयमा रात कटाउँछौँ,' उनले भनिन्, 'अस्तीको जस्तो पहिरोले परिवारकै एउटै चिहान भयो भने के गर्ने ?'  गाउँकै चन्दि्रका बुढाको ८ जनाको परिवार पनि उस्तै बाध्यतामा छ । दिनभर घरमा काम गर्ने र रात परेपछि विद्यालयमा जाग्राम बस्ने गरेको चन्दि्रका बताउँछिन् ।
 'पहिरोको डरले हामी राम्ररी नसुतेको एक साता भइसक्यो,' उनले भनिन्, 'पहिरोले गाउँमा बस्नै नपाइने भयो ।' उनले पहिरोको जोखिम गाउँमा बढेपछि घरका आधाभन्दा बढी सामान विद्यालयमा ल्याएर राखेको बताइन् । विद्यालयमा बालबच्चाको स्याहार गर्न र सुत्न निकै अप्ठ्यारो भएको उनको भनाइ छ ।  तीन दिनअघि पुर्तिमकाँडाको वडा १ र ३ मा आएको पहिरोले एकै घरका १० जनासहित १३ जनाको मृत्यु भएपछि पहिरोको त्रासका कारण स्थानीय बासिन्दाले नजिकैका दुई विद्यालयलाई आश्रयस्थल बनाएका हुन् । शुक्रबार बिहान ३ बजेतिर आएको पहिरोलेे विस्थापित स्थानीय बासिन्दा तीन दिनदेखि विद्यालयमा बास बस्दै आएका छन् । स्थानीय शिक्षक भागीराम बुढाका अनुसार विद्यालयका कक्षाकोठामा बस्ने ठाउँ नपुगेपछि कतिपय त पालको प्रयोग गरी विद्यालय प्राङ्गणमा बस्छन् । दिउँसो पहिरोको त्यति डर नहुने भएकाले घरमै बस्ने गरेको र राति खानेकुरा र बन्दोबस्तीका सामान बोकेर विद्यालयमा आउने गरेको स्थानीय कुशल बुढाले बताए ।  गाविसको वडा १, २ र ३ का १ सय १२ परिवार पहिरोको जोखिममा परेपछि स्थानीय दुई विद्यालयमा राति बास बस्न आउने गरेको सहायक प्रमुख जिल्ल्ाा अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार स्थानीय बालज्योति मावि र ज्ञानोदय प्राविमा आएर राति बास बस्ने गरेका हुन् । स्थानीय विद्यालयमै बस्न थालेपछि पठनपाठन पनि बन्द छ । अझै तीन दर्जन घर पहिरोको उच्च जोखिममा रहेको सहायक प्रजिअ भण्डारीको भनाइ छ । पहिरोको जोखिम कम नहुन्जेल बिचल्लीमा परेकालाई विद्यालयमै बासको व्यवस्था गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पहिरो प्रभावित गाउँमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ भने प्रशासनले आइतबार बिहान खाद्यान्न वितरण गरेको छ ।  शुक्रबार बिहान २ बजे गएको पहिरोमा परी पुर्तिमकाँडा ३ स्थित उदिराम बुढा र पुर्तिमकाँडा १ बसनडाँडास्थित धनसिंह घर्तीको घर पुरिँदा १३ को ज्यान गएको थियो ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login