सिन्धुली साउन १४ आफ्नै दिदीसँग पहिला यौन सम्पर्क राखी उनको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पुरानोझागाझोली गाविस-२ नाङ्गेडाँडाका सीताराम थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले थापमाथि आफ्नै काकाकी छोरी गीताको करणीपछि हत्या गरेको अभियोग लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले दुई दिनअघि विष सेवन गरेको अवस्थामा मृत भेटिएकी थापाका बारेमा अनुसन्धान गर्दैजाँदा करणी गरी हत्या गरेको रहस्य खुलेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएको दिन राति ८ बजे मृतक गीतासँग सहमतिमा नै यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा मृतक गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा आपतिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन्।
समाचार
»
दिदीसँग पहिला यौन सम्पर्क, पछि हत्या
दिदीसँग पहिला यौन सम्पर्क, पछि हत्या
Tags:
समाचार
