अधिकांश बाइकको मूल्य बढ्यो

कुनमा कति बढ्यो विवरणसहित- काठमाडौं, साउन ८- यस वर्षको बजेटमार्फत सरकारले सवारी साधनमा लाग्ने कर वृद्धि नगरे पनि दुई पांग्रे सवारी साधन किन्ने ग्राहकले भने महँगो मूल्य तिर्नुपर्ने भएको छ। नेपालस्थित मोटरसाइकलका केही बिक्रेताले भाउ बढाएकाले ग्राहकले दुई पांग्रे सवारी साधनका लागि थप मूल्य तिर्नुपर्ने भएको हो। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)ले सार्वजनिक गरेको नयाँ मूल्य विवरणअनुसार हिरोहोन्डा, बजाज र यामाहा कम्पनीका केही मोडेलको मूल्य बढेको छ।  गत वर्षको बजेटमार्फत सरकारले प्रत्येक चौमासिकमा बिक्रेताले अधिकतम बिक्री मूल्य सार्वजनिक गर्नुपर्ने प्रावधान ल्याएको थियो। सोही प्रावधानअनुसार शनिबार नाडाले सार्वजनिक गरेको पछिल्लो मूल्य विवरणमा चार महिना अघिको भन्दा केही मोडलका मोटरसाइकलको भाउ बढाइएको छ।  नाडाका अनुसार हिरोहोन्डाका प्रायः सबैजसो मोडलको भाउ बढेको छ। हिरोहोन्डाको आधिकारिक बिक्रेता ज्योति समूहको स्याकार कम्पनीले १८ वटा मोडेलको मूल्य बढाएको हो। होन्डाका मोटर साइकलसमेत बिक्री गर्ने स्याकारले यो कम्पनीका मोटर साइकलको भाउ भने बढाएको छैन।  नाडाका अध्यक्ष सौरभ ज्योतीले भारतबाटै मूल्य बढेर आएकाले केही मोटरसाइकलको भाउ बढेको बताए। 'अहिले इन्डियाबाटै केही कम्पनीका केही मोडलको भाउ बढेर आएको छ,' उनले भने, 'त्यसैले गर्दा अलिअलि भाउ बढेको हो।'  स्याकार कम्पनीले हिरोहोन्डाका १८ वटा मोडलको मूल्य चार महिनाअघिको तुलनामा न्यूनतम १ हजार रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म बढाएको छ। हिरोहोन्डाका मोटर साइकल र स्कुटर दुवैको भाउ बढेको हो।  बजाज मोटर साइकलको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन अन्तर्गतको एचएच बजाजले पनि चार महिनाअघिको तुलनामा ६ वटा मोडलको भाउ बढाएको छ। बजाजका मोटर साइकलको मूल्य भने न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म बढेको छ। बजाजको सबैभन्दा बढी चल्ने पल्सर मोटर साइकलको समेत मूल्यवृद्धि भएको छ।  यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वक्सले पनि आफ्ना तीनवटा मोडेलको भाउ बढाएको छ। चार महिनाअघिको तुलनामा कम्पनीले आफ्ना मोटर साइकलको भाउ न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म भाउ बढाएको हो।  नेपाली बजारमा बिक्री हुने टिभिएस, सुजुकी, ह्योसुङलगायत मोटर साइकलका बिक्रेताले भने भाउ बढाएका छैनन्। बिक्रेताहरुले भारतमा उत्पादन हुने केही मोडलमा कम्पनीले नै मूल्यवृद्धि गरेकाले नेपालमा पनि बढाउनु परेको दाबी गरेका छन्।  चर्को करका कारण नेपाली बजारमा मोटरसाइकलको बिक्री घटेको भन्दै व्यवसायीले विरोध गरेपछि यसवर्ष सरकारले बजेटमार्फत सवारी साधनमा लाग्दै आएको कर बढाएको छैन। गत वर्ष अन्तःशुल्क, सडक कर र दर्ता शुल्क बढाइएपछि सवारी साधनमा करिब २ सय ३६ प्रतिशत कर लाग्दै आएको छ। व्यवसायीहरुले करवृद्धिका कारण गत मंसिरयता मोटर साइकलको बिक्री ४० प्रतिशतले घटेको बताउँदै आएका छन्।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login