विराटनगर विमानस्थलमा रात्रीकालिन ‘टु वे’ को तयारी

विराटनगर विमानस्थलमा रात्रीकालिन दुवैतर्फ उडानका लागि टु वे ल्याण्डिङको तयारी गरिएको छ । विमानस्थललाई सुविधासम्पन्न बनाउँदै लाने नीति अनुरुप नेपाल उड्डयन प्राधिकरण विराटनगरले चाँडै यो सुविधा सुरु गर्न लागेको हो । प्राधिकरण विराटनगरका प्रमुख देवानन्द उपाध्यायले रात्रीकालिन टु वे ल्याण्डिङको सेवा उपलब्ध गराउने क्रममा धावनमार्गदेखि पूर्व तर्फको जमिन अधिग्रहण गर्ने प्रकृया सुरु भइसकेको बताउनुभयो । उपाध्यायले केन्द्रसँग बजेट माग गरिसकेको बताउनुभयो । विमानस्थलमा अहिले रात्री उडानको लागि धावनमार्गको पश्चिम खण्ड मात्र प्रयोगमा आइरहेको छ । बर्खायाममा रात्री उडान नभएपनि दशै तिहार छठ र अन्य महत्वपूर्ण चाडपर्व र हिउँदमा जहाजहरुले राती उडान गर्दै आएका छन् । रातीको उडानमा एकतर्फी मात्र धावनमार्गमा सुविधा उपलब्ध भएका कारण अकाशमा ट्राफिक समस्या हुने गरेको र कतिपय बेला विमान फर्केर जानुपर्ने बाध्यता रहेको उपाध्यायको कथन छ । १६ सय मिटर कालोपत्रे विराटनगर विमानस्थलको धावनमार्ग पूर्वतर्फ विस्तार गरेपछि दुई हजार मिटरसम्म पुग्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । यसरी धावनमार्ग विस्तारपछि पूर्व तर्फ एप्रोच लाइटको समेत व्यवस्था गरिनेछ । रात्रीकालिन उडानको बेला एप्रोच लाइटले विमानस्थल र धावनमार्ग पहिचान गर्न मद्दत पुग्छ ।


source:-पूर्वेली टाईम्स
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login