'करोडपति केटा चाहिँदैन'

काठमाडौं, साउन ८ - साउन महिनाभर अभिनेत्री रेजिना उप्रेतीले माछामासु बार्ने भएकी छन्। गत सोमबार पशुपति पुगेकी थिइन् उनी। तर निकै लामो भीडका कारण उनले पशुपतिनाथको टाढैबाट दर्शन गरिन्। त्यहीँ उनले आफ्ना दुवै हातमा मेहन्दी पनि पोतिन्। दाहिने हातमा आधा दर्जन हरियो चुरा लगाएकी रेजिनासँग साउने गफगाफ : माछामासु बार्दा सकसक हुँदैन?  खोइ मलाई पनि अचम्म लागेको छ। हिजोअस्ति छाकैपिच्छे मासु चाहिने मलाई अहिले अण्डा समेत नखाँदा पनि गाह्रो भएको छैन।  यो महिनालाई मात्र हो मुख बार्नुभएको? अहिले त हो। तर, सक्यो भने सधैं बार्नेछु। शाकाहारी बन्न कोशिस गर्नेछु।  व्रत पनि बस्दै हुनुहुन्छ? यो महिना पाँचवटा सोमबार परेको छ। पहिलो सोमबार त बसेँ। अब बाँकी पनि बस्ने विचार छ। तर, फलफुल खाँदै। पानी समेत नखाई त सक्दिनँ।  अनि हरियो चुरा किन? साउन महिनाभर लगाउँछन् नि नारीहरूले। त्यही भएर। पोहोर नै किनेको चुरा हो यो। व्रत चाहिँ यसपालि बल्ल बस्न पाएँ। नत्र सुटिङले गर्दा कहिले कता कहिले कता।  हरियो चुरा लगाउनु, व्रत बस्नु र शाकाहारी हुनुको कारण? भगवान शिवप्रतिको आस्था हो। मलाई यसो गर्दा आत्मसन्तुष्टि पनि मिल्छ। आमाबाट सिकेको पनि हुँ।  गतिलो श्रीमान पाउने आशले पनि हो कि? त्यस्तो त होइन। आफ्नो बिहेसँग जोडेर हेरेको छैन मैले यसलाई।  कस्तो श्रीमानको खोजीमा हुनुहुन्छ? धेरै धनीमानी चाहिँदैन। बिरामी पर्दा केही लाख झिक्न सक्ने, २०-२५ हजार तलब भएको, सानै भए पनि घर भएको साधारण केटा भए पुग्छ। करोडपति चाहिँदैन।  साउन महिना कस्तो लाग्छ? पानी पर्ने हुनाले शीतल लाग्छ। हरियाली पनि यहीबेला देख्न पाइन्छ। तर, फिल्मको सुटिङ हुँदा झन्झट हुन्छ। पानीले काम हुँदैन।  घाँटीमा केको बुट्टी हो? केही महिनाअघि मेरो बाइक दुर्घटना भएको थियो। त्यसपछि कलंकीमा बस्नुहुने एकजना बाबा हुनुहुन्छ। उहाँले मलाई फलामबाट जोगाउन यो बुट्टी लगाइदिनुभएको हो।  तपाईले प्रस्तुत गर्नुभएको फिल्म 'वरदान'को लागि पनि वरदान माग्नुभो कि? फिल्म चल्न चाहिँ बाबाहरू होइन दर्शकको वरदान चाहिन्छ।



source:-नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login