हुलाक कर्मचारीको गोली हानी हत्या


२८ जेठ, काठमाडौँ । बारामा गएराति एक हुलाक कर्मचारीको गोली हानी हत्या भएको छ ।
बारा बिरियापुर-१ का ४८ वर्षीय धिरजा महतोको चार/पाँच जनाको संख्यामा रहेका हतियारधारी समूहले गोली हानी हत्या गरेको हो । महतो इलाका हुलाक कार्यालय बरियारपुरमा कार्यरत रहेको बारा प्रहरील जनाएको छ ।
आफन्तको विवाह भोजमा सहभागी भएर घर र्फकंदै गरेका महतोको गोली लागि घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । यसैबीच घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुबारे विस्तृत जानकारी भने दिइएको छैन ।
मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नेतले जनाकारी दिनुभयो ।

onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login