लालबन्दी,३१ जेठ ।सर्लाहीको भक्तिपुर १,२ र ३ नं. वडाका विद्युत उपभोक्ताहरु महिनौ देखि अन्धकारमा बस्न बाध्य भएका छन । ५० केभिको टूान्र्फमर जलेका कारण विद्युत उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन । टूान्र्फमरको तेल सकिए पछि स्थानियवासीले ३ महिना अघिदेखी विद्युत प्राधिकरणलाई जानकारी गराए पनि प्राधिकरणका कर्मचारीले टूान्सर्फममा तेल नहालेको कारण टूान्र्फमर जलेको र हाल त्यस क्षेत्रका १२ सय घरधुरी विद्युत प्रयोगकर्ता सेवाग्राही उपभोक्ता अन्धकारमा बस्न बाध्य भएको स्थानीय हेमराज देबकोटाले बताउनुभयो । जनकपुर टुडे
स्थानिय समाचार
»
ट्रान्सर्फमर जल्दा १२ सय घर विजुली विहीन
ट्रान्सर्फमर जल्दा १२ सय घर विजुली विहीन
Tags:
स्थानिय समाचार









0 commentaires