सप्तरी, जेष्ठ १० - पोखरी र नहरमा डुबेर सप्तरीमा दुई बालकको मृत्यु भएको छ । सप्तरीको सकरपुरा गाविसस्थित पोखरीमा डुबेर पकरी गाविस–३ निवासी हरिनारायण साहका आठ वर्षीय छोरा मनिष साह र चन्द्रनहरमा डुबेर विषहरिया गाविस–३ निवासी हरेराम यादवका नौ वर्षीय छोरा राजाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिनअघि मात्र विवाह भएकी दिदीको घर सकरपुरा पुगेका मनिषको पोखरीमा डुबेर मृत्यु भएको परिवारजनले बताएका छन् । उता, घर नजिकैको चन्द्रनहरमा साथीसँग नुहाउन गएका राजारामको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस
समाचार
»
पोखरी र नहरमा डुबेर दुई बालकको मृत्यु
पोखरी र नहरमा डुबेर दुई बालकको मृत्यु
Tags:
समाचार
0 commentaires