म्बई, जेठ ३ (एजेन्सी) - अभिनेता तथा निर्माता आमिर खानले उनको होम प्रोडक्सनले निर्माण गरेको दिल्ली बेली सेक्स कमेडी नभएको बताएका छन। फिल्ममा केही केही बोल्ड सिनहरु रहेपनि आपत्तिजनक नरहेको उनको दावी छ। 'दिल्ली बेली वास्तवमै सेक्सको विषयमा असान्दर्भिक फिल्म हो। भाषामा केही अश्लिलता प्रयोग भएको भए पनि यो सेक्स कमेडी होइन। यो कमिना कमेडी हो,' आमिरले भने, 'फिल्ममा सेक्सको कुरै छैन तर यो फिल्मले बोल्ड फिल्मको परिभाषा फेर्नेछ।' यो फिल्मले १६ वर्ष पूरा भएकाले मात्र हेर्न पाउने प्रमाणपत्र पाएको छ। अभिनय देवद्वारा निर्देशित यो फिल्म केटाकेटीका लागि होइन। 'यो फिल्म केटाकेटीका लागि होइन किनकी यसमा प्रयोग भएको भाषा उनीहरुलाई पच्दैन,' उनले भने। फिल्ममा इमरान खान, कुनाल रोय कपुर आदिको अभिनय देख्न पाइने छ। खानले यो फिल्मले इमरानको करियरलाई माथि लैजाने विश्वास आमिरको छ।
@nagriknews
@nagriknews









0 commentaires